देश

सामाजिक अभियान्ता शरिन ख्युङ्वा तामाङले गरिन् महिलासंग बिवाह

नवलपुर टुडे
२०७७ फाल्गुन १६ | मध्यान्ह १२:११ बजे

काठमाडौ । सामाजिक अभियान्ता शरिन ख्युङ्वा तामाङले एक जना महिलासँग बिहे गरेकी छन् । शरिन ख्युङ्वाले एक छोरीकी आमा देवी कार्कीसँग शनिबार बिहे गरेकी छिन ।

लामो समय प्रबास इजरायलमा रोजगारीको शिलशिलामा बस्दै आइएकी शरिन ख्युङ्वा तामाङले समाज सेवा, विशेष गरि नेपालबाट प्रबास गएका मेनपावर र दलालबाट ठगिएका, बेचिएका नेपाली दाजुभाइ, दिदिबहिनीहरुलाई उद्दार गरि नेपाल फर्काउन विशेष भुमिका सामाजिक संजालबाट नै निर्बाह गर्दै आएकी छिन ।

पीडित पक्षको अन्याय र बेथिति विरुद्ध हक्की र खरो रूपमा आफ्नो बिचार राख्ने शरिन ख्युङ्वा तामाङ इजरायलबाट स्वदेश फर्केपछि निरन्तर रूपमा सामाजिक कार्यमा लागिरहेकी थिइन ।

शरिन ख्युङ्वा तामाङ्ले केही समयअगाडि सामाजिक संजालमा आफू समलिंगी भएको कुरा आफै पब्लिक गरेकी थिइन् । शरिन ख्युङ्वा तामाङका दुई सन्तान समेत छन् । लामो समय आफ्नो बैबाहिक जिबनमा ब्रेक लागे पछि शरिन आफ्नो सन्तान प्रतिको जिम्मेवारी सगै सामाजिक काममा आफुलाई निकै ब्यस्त राखेकी थिइन् ।

दुइ बर्ष देखि एक युवतीको प्रेममा रहेकी शरिनले आफ्नो प्रेमलाई शनिबार दुबै पक्षका परिवारकै सहमति र राजीखुशीमा बागमती प्रदेशका काभ्रेका देबि कार्की संग बैबाहिक जिबनको लगनगाठो कसेकी छिन ।

बिवाहा, प्रेम आफ्नो नितान्त ब्यक्तिगत अधिकार र स्वतन्त्रताको कुराभएको हुँदा अहिलेको बिकसित समाजमा महिला – महिला बिवाहा गर्नु नौलो र टिकाटिप्पणीको रूपमा लिनु पर्छ जस्तो लाग्दैन ।

समाजमा तेस्रो लिङ्गीलाई पनि उतिकै सम्मान र अबसर दिनु पर्छ । जुन कदम र साहस यो समाजमा समाजिक अभियान्त शरिन ख्युङ्वा तामाङले गरिन, वहाँलाई नवलपुर टुडे परिवारको तर्फबाट उच्च सम्मान सहित बैबाहिक जिबनको सफलताको सुभकामना संगै हार्दिक बधाई व्यक्त गर्दछौं ।

कमेन्टहरु