देश

पूर्व प्रदेशसभा उमेदवार रामनेवास हरिजन द्वारा पत्रकार प्रभुनाथ गुप्तालाई प्राविधिक समाग्रिको सहयोग

नवलपुर टुडे
२०७७ फाल्गुन १६ | बिहान ०७:११ बजे

पूर्व प्रदेशसभा उमेदवार रामनेवास हरिजन द्वारा पत्रकार प्रभुनाथ गुप्तालाई प्राविधिक समाग्रिको सहयोग

कपिलवस्तु । जिल्ला क्षेत्र नं-१(ख) को बहुजन शक्ति पार्टिका पूर्व प्रदेश सभा सदस्यको उम्मेदवार रामनेवास हरिजनद्वारा पत्रकार प्रभुनाथ गुप्तालाई vivo9 mobile, क्यामेरा स्टेन्ड र माईक्रोफोन लगायतका सामाग्रीहरु सहयोग गर्नुभएको छ।

राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिताको क्षेत्रलाई अझै मजबुत बनाउन र हरेक पिछडावर्गको पिडालाई समेत सरकारी निकायसम्म पुर्‍याउने एक महत्वपूर्ण माध्यम पत्रकारिता पनि रहेकोले पत्रकार प्रभुनाथ गुप्तालाई आफुले सहयोग गरेको भनेर उहाँले बताउनु भयो। पत्रकार गुप्ताले अहिले सम्म गरेको राम्रो कार्यप्रती सम्मान गर्दै आफूले उहाँको कामलाई सक्दो सहज बनाउनको लागि सहयोग गरेको भनि बताउनु भयो।

यसैगरी दलित तथा पिछडा वा गरिब समुदाय माथि उच्च वर्गले गरेको शोषण र दमन सम्बैधानिक रुपले गैर कानुनी भए त पनि व्यवहारिक रुपले अझै पनि हाम्रो समुदायमा कार्यन्वयन हुन नसकेको हरिजनले धारणा राखेका थिए ।

राम नेवाश हरिजन ले सो सामग्री हस्तान्तरण गर्दै अगामि दिनमा पनि जातीय , नश्लिय , लैङ्गिक हिंसा , कुरिती र असामाजिक क्रियाकलापहरु विरुद्ध सामाचार को माध्यम बाट समुदायलाई जागरुक गराउनेमा बिश्वष्ट रहेको बताउनु भएको थियो ।

कमेन्टहरु