देश

केपि नैतिकतावान भएकैले राजिनामा नदिएकाे हाे – सचेतक ” भट्टराई”

kushal
२०७७ फाल्गुन १५ | बिहान ०६:११ बजे

फागुन १५,काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले २३ गते बस्ने संसद् बैठक अस्वीकार गर्ने पक्षलाई पार्टीको विधान र प्रतिनिधिसभाको नियमावलि अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

उहाँले बैठक नमान्नेहरुलाई संसदीय व्यवस्थाको मूल्य मान्यता, कानुन र संविधानअनुरुप प्रक्रिया अघि बढ्ने उल्लेख गर्नुभएको छ ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै उहाँले आफ्नै दलको नेतालाई हटाउन अरु पार्टीसँग मिलेर खेल खेल्ने प्रवृत्ति दाहाल–नेपाल पक्षले ल्याएको आरोप पनि लगाउनुभयो ।

विगतमा भारतले नेपालमा नाकाबन्दी गर्दा एक शब्द नबोल्ने पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपासँग मिलेर सरकारबन्दा भारतलाई सहज हुन्छ भन्नु पछिको नियत पनि जनताले बुझिसकेको सचेतक भट्टराईले स्पष्ट पार्नुभयो ।

कानुनीरुपमा नेकपा फुटिनसेकाले दलको अध्यक्षको अध्यक्षतामा बसेको र महासचिवले औपचारिक रुपमा बोलाएको बैठक मात्र आधिकारीक हुने उहाँले उल्लेख गर्नुभएको छ ।प्रधानमन्त्रीले नैतिकताका हिसाबले नै राजीनामा नदिएको सचेतक भट्टराईको भनाइ छ ।

उहाँले भन्नुभयो,“प्रधानमन्त्रीले देशलाई संकटमा फस्नबाट जोगाउन प्रतिनिधिसभा विघटन गरेकाले उहाँले राजीनामा दिनुपर्ने कुनै उचित कारण छैन् ।”

कमेन्टहरु