शुद्धोधन गाउँपालिकामा निशुल्क आँखा शिविर, अपरेसन ब्यवस्थापन हुँदै

जगत ठाडा मगर
२०७७ फाल्गुन १४ | मध्यान्ह ०८:११ बजे

प्रभुनाथ गुप्ता
कपिलवस्तु । कपिलबस्तुको शुद्धोधन गाउँपालिका लबनीले शुक्रवार देखि तीन दिने निशुल्क आँखा जाँच उपचार तथा मोतियाबिन्दु लागेका बिरामीलाई अपरेसन व्यवस्थापन शिविर शुरु गरेको छ ।

शुद्धोधन गाउँपालिका लबनीकोे सहयोग तथा सुदृष्टी प्रतिष्ठान नेपाल काठमाडौंको समन्वयमा आयोजित शिविरमा बिपन्न, गरिब, असहाय जनताहरुको लागि गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयको सहयोगमा २८४ जनाको निशुल्क आँखा जाँच उपचार तथा मोतियाबिन्दु लागेका ८४ जान बिरामीलाई अपरेसनको व्यवस्थापन समेत गर्न लागिएको शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसर अहाम्द खाँले नवलपुर टुडेलाई बताउनु भएको छ ।

शुद्धोधन गाउँपालिका बासीहरू आँखा चेकजाच गराउने बिरामीहरुको संख्या उल्लेख्य रहेको हुँदा आगामी दिनमा पुन शिबिरको आयोजना गरिने गाउँपालिका अध्यक्ष खाँले प्रतिबद्धता जनाउनु भएको छ ।























