देश

गुरुङलाई कार्वाहि स्वरुप प्रमुख सचेतकबाट बर्खास्त – प्रमुखसचेतकमा विशाल भट्टराई

नवलपुर टुडे
२०७७ फाल्गुन १४ | मध्यान्ह ०४:११ बजे

फागुन १४,काठमाडौं।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक पदबाट देव गुरूङलाई कारबाही गरेका छन्।

शुक्रबार गुरूङलाई जिम्मेवारीमुक्त गर्दै उनको ठाउँमा विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको हो। नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहमा लागेर प्रधानमन्त्री तथा संसदीय दलका नेताविरूद्ध गतिविधि गरेपछि कारबाही गरिएको प्रधानमन्त्री निकट स्रोतले नवलपुर टुडे लाई जानकारी दियो।

प्रचण्ड–नेपाल समूहमा लागेर गुरूङले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउनका लागि मत दिएका थिए। उक्त समूहले संसदीय दलको नेतामा प्रचण्डलाई निर्वाचित गरेको जनाएको थियो।

कमेन्टहरु