देश

पद प्राप्तिकाे लागि मात्र हाेइन पद त्यागकाे लागि पनि प्रतिस्पर्धा गराैँ – गंगा चाैधरी

नवलपुर टुडे
२०७७ फाल्गुन १४ | बिहान ०६:११ बजे

काठमाण्डाै । देशमा राजनैतिक उथलपुथलकाे बाबजुद पुनर्जिवित भएकाे सांसदलाई पुर्णता दिने सिलसिलामा सबैले अा-अाफ्नाे पाेल्टाकाे नेताहरुलाई अघि सारेर अाफ्नै गुटकाे अगुवाई खाेजिरहँदा नेकपा कै अर्कि संसद गंगा चाैधरीले भने बिभाजनकाे अन्तिम बिन्दुमा पुगेकाे केपि गुट र दाहाल – नेपाल गुट फेरि एकपटक एक ढिका भएर बिश्वइतिहास रच्नुपर्ने बताएकी छिन् ।

पाटीकै एक कार्यक्रमलाई संबाेधनकाे क्रममा चाैधरीले सधै पदर कुर्चिकाे खिचातानिमा उमेर ढल्केकाेहरुलाई मात्र देशकाे बागडाेर जिम्मा लगाउदा युवापुस्ताका कम्रेडहरुले अवसर पाएन, जसकाे कारण अाज पाटिकाे अवस्था चिरा पर्ने अन्तिम भएकाे छ । तसर्थ अब विशेष एक एकता कमिटि बनाएर फेरि पनि पाटी एकढिक्का बनाउदै राष्ट्र र राष्ट्रियताकाे पक्षमा युवाहरुलाई जिम्मेवारी दिउँ भन्नु भयो । उहाँले अाफ्नाे फेसबुक स्टाटस लेख्दै यसाे भन्नू भएको छ ।

“दोस्रो पुस्ताका नेता कमरेडहरुमा मेरो सुझाब एबं अनुरोध केपि कमरेडको तर्फवाट प्रदिप ज्ञवाली, सुबाष नेङवाङ, शंकर पोख्रेल माधब कमरेडको तर्फबाट घनश्याम भुसाल, योगेश भट्टराई र सुरेन्द्र पाण्डे प्रचण्ड कमरेडको तर्फबाट जनार्दन शर्मा,बर्षमान पुन र पम्फा भुसाल गरि ९ सदस्य पार्टी एकता दबाब तथा समायोजन कमिति बनाएर आजै देखि लागि हाल्नु होस अझै पनि पार्टी जोगिन्छ देशिबिदेशी प्रतिकृयाबादीहरुलाई हेरेको हेर्रै पारी दिनुहोस । प्लिज कमरेडहरु सिनियर नेताहरुको पिछा लाग्नु भएर मात्र तपाईहरुको र देशको भबिश्य छैन । पद प्राप्तिको प्रतिस्पर्धा होइना । पद त्यागको प्रतिस्पर्धा गरौन कमरेडहरु पार्टी एकता अझै सम्भब छ, हाम्रै पालामा नेकपा जिन्दाबाद ।।”

कमेन्टहरु