देश

बाराकाे निजगढमा MNO – DGG काे प्रशिक्षण सम्पन्न

नवलपुर टुडे
२०७७ फाल्गुन १३ | बिहान ०७:११ बजे

निजगढ । विशवभरी छरिएररहेकाे मुलबासी मंगाेलहरुकाे अधिकारकाे लागि बाेलिरहेकाे त्यस्ताे एउटा संगठन ” mno – dgg” ले बारा जिल्ला निजगढमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।

लिला बहादुर मगरले संचालन गर्नुभएकाे उक्त कार्यक्रममा २१ सदस्यीय वडा सभा गठन गरिएकाे छ । साे प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्यहरु जीवन राई, आर्यन राई तथा बागमती प्रदेश युवा प्रमुख मन्दिरा तामाङकाे उपस्थित रहेकाे थियाे ।

IMG 20210225 074659 438

प्रशिक्षण दिदै जीवन राईले नेपालमा फेरि पनि ब्राम्हणबादकै बिजय भएकाे हुनाले बिघटित संसदकाे मुद्दा सर्वाेच्चकाे फैसला सदर वा बदर जे भएपनि हामी मुलबासी मंगाेलहरुकाे लागि नभएकाे प्रष्ट पार्नु भयाे ।
उक्त सभामा बाेल्दै केन्द्रीय सदस्य आरेन राईले संसद भित्र रहेकाे हाम्रै भनिने केही चिम्से र थेप्चेहरुले सदनमा आफ्नाे बर्गकाे लागि बाेल्न नसकी लम्पसारबाद संग हाम्राे पहिचान बन्धकी राख्दै स्वार्थी राजनिति गरेकाे कारण सरकारले हामीलाई हेर्ने नजर फरक भएकाे बताउनु भयाे ।

आफ्नाे अस्थित्व र पहिचान मागेर होइन खाेसेरै भएपनि लिनुपर्ने भन्दै बागमती प्रदेश युवा संगठन प्रमुख मन्दिरा मोक्तानले अब शहर केन्द्रित नभई गाउँ, बस्ति र कुनाकाप्चामा पनि अाफ्नाे जाति र बर्गकाे हितकाे लागि जागरण र प्रशिक्षणमा लागिरहने बताउनु भएकाे थियाे ।

केहिदिन अघि निर्बाचन आयाेगले आफ्नाे संगठनले प्रस्ताव गरेकाे चुनाव चिन्ह अर्काे दललाई दिँदा सम्म पनि कानुनी प्रकृयामा नगएकाे गुनासाेमा उच्चस्तरिय समितिले साे बिषयमा निर्वाचन आयाेग संग छलफल गरिरहेकाे र अन्तिम र निर्णायक जवाफ आउना साथ सम्पुर्ण वडा तथा जिल्ला सभाहरुलाई बिस्तृज रुपमा बुझाउछाैँ ” जीवन राईले भन्नु भयाे ।

कमेन्टहरु