इश्वर पाेख्रेलकाे “यात्रा”

जगत ठाडा मगर
२०७७ फाल्गुन १२ | बिहान ०६:११ बजे

Niलड्दै उठ्दै / लड्दै उठ्दै
हिंड्न सिकेका मानिसहरू ।
अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।
अनुभवका पाठशालामा
पढ्दै/ सिक्दै पोख्त बनेका मानिसहरू ।
अनेक लडाईंमा रगतपच्छे भएर पनि
बाँच्न सिकेका मानिसहरू ।
दुष्चक्र विरूद्धको लडाईंमा पनि
जित्छन् र जितिछाड्छन् मानिसहरू ।
कमजोरीमा किचिएर होइन –
कमजोरीलाई पराजित गर्दै
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू –
चिरन्जिवी बनिछाड्छन् मानिसहरू !!
— इश्वर पाेख्रेल






















