नेकपा एमाले ब्युताउने देखि संकटकाल लगाउने सम्मकाे तयारीमा ओलि


फागुन ११, काठमाण्डाै।
प्रधानमन्त्री तथा सत्तारूढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै दल नेपाल कम्युनिस्ट पार्टीभित्र राजीनामा दिने दबाब बढ्दै गएमा कठोर कदम चाल्ने सम्मको तयारी गरेका छन् । यसका लागि उनले रणनीति समेत बनाएका छन् । जसमा नेकपा एमाले ब्युँताउने देखि संकटकाल घोषणा सम्म रहेको छ ।
आज पार्टी स्थायी कमिटि बैठकमा उपाध्यक्ष बामदेव गौतमले यसको खुलासा गरेका छन् । उनले नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गर्न मान्छे पठाएको देखि संकटकाल लगाउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग विहान परामर्श गरिएको खुलासा गरेका थिए । उनले यसो भन्दा बैठकमा नेताहरु गम्भीर भएका थिए ।
प्रधानमन्त्री ओलीको स्थायी कमिटि बैठकका अधिकांश सदस्यले राजीनामा मागिसकेका छन् । पार्टीका शिर्ष नेताहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौमले सिधै सरकारबाट फिर्ता हुन भनिसकेका छन् । यसबाट ओली अब कि सत्ता छाड्ने कि विकल्पमा जाने मोडमा उभिएका छन् । यसका लागि उनले निकटस्थसँग परामर्श थालेका छन् ।
विश्वस्त स्रोतका अनुसार ओलीले सत्ता हत्तपत्त नछाड्ने योजना बनाएका छन् । उनले सकेसम्म नेताहरुलाई मनाउन नभए कठोर निर्णय लिने संकेत गरिसकेका छन् । यसका लागि राष्ट्रपति भण्डारीसमक्ष संकटकाल लगाउने प्रस्ताव लाने तयारी गरिएको छ । कोरोना भाइरसको महामारी देखाएर उनले संकटकाल लगाउने ठाउँ राखेका छन् । यस्तो अवस्थामा छ महिना देशमा संकटकाल लाग्नसक्छ ।
यसबाहेक ओलीले आफ्ना पक्षधर सांसदलाई लिएर एमाले पार्टी गठन गर्न सक्छन् । पार्टी केन्द्रीय कमिटिमा अल्पमत भएकाले ओलीको भर संसदीय दल नै छ । उनले पार्टीमा दबाब थेग्ने नसक्ने भएमा नेकपा बिघटनको निर्णय समेत लिनसक्ने विश्वस्त स्रोतल नवल पुर टुडेलाई जानकारी दिएको छ । स्मरणीय रहोस् नेकपाको गठन ओली र प्रचण्डको विशेष पहलमा दुई वर्ष अघि भएको थियो । त्यतिबेला एमाले र माओवादीबीच एकता गर्दा धेरैले आश्चर्य मानेका थिए ।























