प्रतिगमनकारिलाई सर्वाेच्चले नै अन्त गरिदियाे- नेपाल “दाहाल-नेपाल समूह द्वारा भाेलि विजय जुलुस “

नवलपुर टुडे
२०७७ फाल्गुन ११ | मध्यान्ह ०८:११ बजे

फागुन११, काठमाडौं ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल बुधबार अपरान्ह चितवन गएका थिए ।
बिहीबार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय चितवन पुगेका वेला सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने आदेश सुनाएको छ । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको छ ।
अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् । उनीहरुले कार्यकर्ताहरुलाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । भने भोलि हुने भनेको कार्यक्रम पनि अब विजयसभामा परिणत हुने भनिएको छ ।


















