पुनर्स्थापनाको पक्षमा सर्बोच्चको फैसला ओलीले बोलाए निकटस्थलाई बालुवाटारमा, प्रचण्ड–माधव पक्षमा खुशियाली

नवलपुर टुडे
२०७७ फाल्गुन ११ | मध्यान्ह ०६:११ बजे

काठमाडौ । संसद् पुनर्स्थापनाको विपक्षमा फैसला आएपछि प्रधानमन्त्री निवास बालुवाटारमा खैलावैला सुरु भएको छ । फैसलासँगै प्रधानमन्त्री ओलीले आफू निकटका व्यक्तिहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।
यता पुनर्स्थापनाको पक्षमा आन्दोलनरत नेकपाको प्रचण्ड– माधव समूह यस फैसलापछि उत्साहित बनेको छ । सर्बोच्चको फैसलाले जनताको फैसला गरेको भन्दै अध्यक्ष प्रचण्डले गणतन्त्रवादी र संविधान पक्षधरहरुको जीत भएको प्रतिक्रिया नवलपुर टुडेलाईलाई दिएका छन् । साथै प्रचण्डले सबै नेपाली जनतालाई बधाई दिएका छन् ।

















