कक्षा २ मा पढ्ने बालिकालाई बलात्कार को आरोपमा शिक्षक पक्राउ

नवलपुर टुडे
२०७७ फाल्गुन ११ | मध्यान्ह ०१:११ बजे

डडेल्धुरा । डडेल्धुरामा दुई कक्षामा पढ्ने बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन । विद्यालयलमा कक्षा २ मा पढ्ने १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीसमक्ष उजुरी दिएको थियो ।
सोही जाहेरीका आधारमा गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताउनु भयो ।
बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको प्रहरी नायव उपरिक्षक नेपालले बताउनुभयो । मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जानकारी गराएको छ ।























