देश

महान्यायाधिवक्ता अग्नि खरेलको संचारमाध्यममा राजीनामाको हल्ला गलत

नवलपुर टुडे
२०७७ फाल्गुन ११ | मध्यान्ह १२:११ बजे

काठमाण्डौ । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा नदिएको प्रष्ट पारेका छन । सञ्चारमाध्यममा खरेलले राजीनामा दियो भन्दै समाचार प्रकाशित भएपछि आफू विरुद्धको षड्यन्त्र भन्दै प्रतिवाद गरेका छन ।

उनले राजीनामा गरेको छैन । गर्ने अवस्था पनि छैन । गर्दा पनि गर्दिन । मेरा विरुद्ध विभिन्न संचारमाध्यममा चलाइएको हल्ला मात्र रहेको बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक संजालमार्फत महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा गरेको भनी मंगलबार बिहानै देखि फिजाइएको गलत हल्ला खेदजनक रहेको बताएका छन ।

कमेन्टहरु