देश

मायादेवी गाँउपालिका जनजागरण सामाजिक विकास संस्थाद्वारा आयोजित क्रीकेट खेल प्रतियोगिताको आज उद्घाटन

जगत ठाडा मगर
२०७७ फाल्गुन ११ | बिहान १०:११ बजे

कपिलवस्तु, प्रभुनाथ गुप्ता

जनजागरण सामाजिक विकास संस्थाद्वारा आयोजित क्रीकेट प्रतियोगिताको उदघाटन १० फागुन कपिलवस्तु कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं ३ बरगदवामा रहेको जनजागरण सामाजिक विकास संस्थाद्वारा आयोजित क्रीकेट खेल प्रतियोगिताको आज उद्घाटन भएको छ।

152938163 781823255760947 1501189798391541160 n 1

कपिलवस्तु क्षेत्र नं१ (क) को प्रदेश सभा सदस्य विष्णु पन्थी र क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य सहसराम यादवले फिता काटेर प्रतियोगिताको उदघाट्न गर्नु भएको छ। खेल हरेक व्यक्तिको जिवनको महत्वूर्ण पाटो हुन्छ। प्रत्येक युवाहरुमा अनेकौ प्रतिभाहरु हुन्छ्न यस्ता कार्यक्रमहरुले युवाहरुलाई धेरै प्रभावित पार्द्छ ।अन्तर्राष्ट्रिय क्षेत्रहरुमा चर्चित खेलाडीहरु यस्तै गाँउ -गाँउबाट खेलेर गएका हुन त्यसैले खेलकुदमा युवाहरुको लागि आवश्यक सबै सुविधाहरु उपलब्ध गराउने प्रदेश सभा सद्स्य विष्णु पन्थीले बताउनु भयो। आफ्नो क्षेत्र नभएपनी हरेक स्तरमा यो क्षेत्रको विकासको लागि आफुले पहल गरिरहेको भनेर प्रदेश सभा सदस्य सहसराम यादवले भन्नु भयो।

151933320 275435407532627 4431245194468199512 n 1

यो क्रीकेट प्रतियोगिताको महत्व बुझेर खेल अवधी भर आयोजकले ईमान्दारिता साथ आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र खेलाडीहरुको मनोभावनाको सम्मान गरि यो प्रतियोगिताको समापन गर्नु पर्ने भनेर जसपाका क्षेत्रीय सभापती नवीन चौधरीले आग्रह समेत गर्नु भएको छ। यसैगरी जनता समाजवादी पार्टी का जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले आफुहरु पनि यहि ठाँउबाट यस्तै कार्यक्रमको आयोजना गर्दै जादा आज यो स्थानमा पुगेको भनेर भन्नू भयो ।

खेलको मात्रै नभई हरेक क्षेत्रको विकासको निम्ति लाग्नुपर्छ भनी विचारका साथ आज अगाडि बढिरेको पनि उहाँले बताउनु भयो। यो उदघाट समारोहमा राकेश कुमार यादवद्वारा कार्यक्रम संचालन भएको हो । कार्यक्रममा कपिलवस्तु क्षेत्र नं१ को दुवै प्रदेश सभा सदस्य विष्णु पन्थी र सहसराम यादव, मायादेवी गाँउपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी ,जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, जसपाका क्षेत्रीय सभापती नबिन चौधरी , सनलाईट स्कुलका प्र.अ. एस.एन त्रिपाठी लगायतको उपस्थिती रहेको थियो। यस कार्यक्रमका अध्यक्ष सकिल अन्सारीद्वारा कार्यक्रमको समापन भएको हो।

कमेन्टहरु