देश

निको युगान्तकारी आर्थिक सहकारी मंच दोलखाद्वारा जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम संचालन

नवलपुर टुडे
२०७७ फाल्गुन ११ | बिहान १०:११ बजे

दोलखा । प्रबासियका युबाद्वारा संचालित निको युगान्तकारी आर्थिक सहकारी मंचले बिगु गाउँपालिका -८ थाङ्मीचागुमा जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।

उक्त अभिमुखिकरण कार्यक्रम फाल्गुन २०७७/११/०८ देखि संचालन गर्दै, फाल्गुन १८ गते सम्म वडा नम्बर ८ को पुरै टोलमा सम्पन्न गरिने छ । सो कार्यक्रमको उदेश्य समाजलाई सभ्य, अनुशासित, समाजमा भएको बिकृती र नकारात्मक सोचबाट मुक्त गर्ने रहेको छ ।

photo 2021 02 23 10 16 27

अभिमुखिकरण कार्यक्रमले आम संचारको सहि सदुपयोग गर्नु र संचारलाई दुरुपयोग नगर्ने, समाजमा बर्तमान अबस्थामा भएको बिसंगती न्यूनीकरण गर्ने, सामाजमा पारिवारिक बोलिको बिकास गर्ने, सिंगो समाजमा धूम्रपान मध्यपान जस्ता न्यूनीकरण गर्ने, एकीकृत टोल समाज तथा मेलमिलाप सम्बन्धी जनचेतना तथा बाल बिबाह र बहुबिबाह न्यूनीकरण गर्ने बिषय सम्बन्धि ब्यापकरुपमा प्रचारप्रसार गरि समाजलाई सभ्य समाज निर्माण गर्ने लक्ष्य सो कार्यक्रमले लिएको निको गुगान्तकारी आर्थिक सहकारी मंचका निर्देशक सन्तोष ठान्टी मंगोलले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

photo 2021 02 23 10 16 41

निको युगान्तकारी आर्थिक सहकारी मंचमा हाल निर्देशक सन्तोष ठान्टी मंगोल, संचालक समिति अध्यक्ष कमल दाङ्गुरी थम्बु मंगोल, सह-संयोजक तथा सचिव गौरव थम्बु मंगोल र सल्लाहकार तथा लेखापाल सगुन थम्बु मंगोलको नेतृत्वमा आर्थिक क्रान्तीको साथ समाजिक काममा अगाडि बढिरहेको छ ।

photo 2021 02 23 10 19 38

जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम संचालनका प्रशिक्षक निको यु.आ.बिभागबाट बिक्रम थामी, समाजसेबी नबिन थामी, समाजसेबी जिवन थामी, ओसेलि परियोजका कर्मचारी सन्तोष मैनाली, कुमारी थामी, कालिन्चोक आधारभुत बिधालयका शिक्षक सुन्दर पाण्डे, निस्मा थामी, स्वास्थ इकाईबाट सुसिला मगर र साझेदारी संस्थाबाट टुकि सिविनको नेतृत्वमा संचालन भैरहेको छ, भने आयोजक थामीचागु कल्याणकारी युवा क्लब रहेको छ ।

कमेन्टहरु