खस आर्य रहितका एमएनओ -डिजिजिका संयोजकको टोली चुनाब चिन्ह सिंहका लागि निर्बाचन आयोगमा दोड्धुप


काठमाडौ । मुलबासी मंगोलको हकअधिकारको निम्ति बुलन्द आवाज उठाउदै देशैभरी आक्रमण रुपमा आफ्नो संगठन बिस्तार गरिरहेका मंगोल नेशनल अर्गनाइजेशन – डा.गोपाल गुरुङ संगठनका सर्बोच्च नेतागणहरु आइतबार निर्बाचन आयोग पुगि आयुक्तलाई ध्यानाकर्षण गराएका छन ।
संगठनका चुनाव चिन्ह सिंह निर्बाचन आयोगको कमजोरीको कारणले दुरुपयोग भएको भनेर निर्वाचन आयोमा पुगेको हो । आयोग पुगेर सर्बोच्च नेताहरुले निर्बाचन आयुक्त संग बिगत दुई बर्ष देखि आफुहरुले निर्बाचन आयोगमा प्रस्तावित गरि प्रयोग गरिरहेको चुनाब चिन्ह सिंह किन दुरुपयोग भयो भनी आयुक्त संग सोधपुछ गरेको हो ।
मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले २०७५ साल माघमा MNO DGG को नाममा संगठन दर्ता गर्नु भनी निर्बाचन आयोगमा निबेदन दिएको जनाएको छ । संगठनका संयोजक वीर लाल वालाहाङ राईले निर्वाचन आयोगले भने अनुसार सम्पूर्ण कागज पत्र बुझाएको बताए ।
अन्तमा आयोगले समानुपातिक प्रणालीमा खस आर्यलाई राख्नुपर्छ भन्दा निर्बाचन आयोगमा पटकपटक छलफल भएको थियो । हामीलाई निर्वाचन आयोगले पत्रहरु पनि पठाएको प्रमाण छ, संयोजक वालाहाङले भने । वहाँको भनाई अनुसार संगठन दर्ताको मुद्दा आयोगमा बिचाराधिन अबस्थामा राखेर संगठनका संयोजकलाई कुनै पनि निर्णय र जानकारी नगराई सचेत नेपाली पार्टीलाई संगठनले प्रयोग गर्दै आएको चुनाब चिन्ह दिएको आयोग प्रति षड्यन्त्र भएको भन्दै शंका ब्यक्त गरे।
निर्वाचन आयोग संग संगठनको पटकपटक छलफल भएको र आयोगले किन हाम्रो कुरालाई किनारा लगाउनु भएन ? हामीले निर्वाचन आयोगमा प्रस्तावित गरेको चुनाव चिन्ह किन एक्कासी संगठनलाई जानकारी नगराई सचेत नेपाली पार्टीलाई दिएको भन्ने प्रश्न आयोगमा प्रश्न गरे ।
मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनका सर्बोच्च संयोजक तथा संघिय सभाका नेताहरुका अनुसार आफ्नो चुनाव चिन्ह सिंह एकदमै प्रचारप्रसार भएकोले सचेत नेपाली पार्टीले रणनीतिक ढंगले चाल चालेको हो कि भन्ने संघिय मुलसचिव नरबहादुर दर्लामी ( बर्णवास ) ले बताए । वहाँले निर्बाचन आयोगमा पटकपटक गएको र आयोग संग दोहोरो कुराकानी भएको समेत बताए । आयोग संग बारम्बार संवाद भैइरहदा पनि अर्कै पार्टीलाई बिगत देखि आफुहरुले प्रयोग गर्दै आएको चुनाब चिन्ह सिंह किन दियो भन्ने प्रश्न आयोग संग गरेका थिए । आयोगको निर्णय प्रति आपती र घोर भर्षण रहेको उल्लेख गरे ।
निर्वाचन आयोग संगको कुराकानीमा भने आफुहरु नयाँ कर्मचारी भएर आएको र केहि जानकारी नभएको बताए । आयोगका एक कर्मचारीले भने, जुन सुकै पार्टी र संगठनले प्रस्तावित गरेको चुनाब चिन्हको मुद्दामा ४५ दिन भित्र टुङ्गो लगाउनु पर्ने कुरा हो । किन यतिका समय सम्म गरेन,आफुहरुलाई थाहा भएन । उनिहरुले दर्ता भएको दलबारे मात्रै हेरेको र निर्वाचन आयोग र मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले आयोगमा प्रस्तावित गर्दाको फाइल खोजेर, फाइल भेटाए पछि संगठन र आयोग छलफलमा बसेर निर्णय गर्ने बताए ।
आयोगले यी बिषयलाई गम्भीरताको साथ लिने र सत्यतथ्य के हो फाइल हेरेर संगठनलाई छलफलका लागि बोलाउने आयोगका अधिकारीले बताए । संगठनका संयोजकको नेतृत्वमा आइतबार निर्बाचन आयोगमा गएका नेताहरुले सचेत नेपाली पार्टीलाई आयोगले आफुहरुले प्रयोग गर्दै आएका चुनाब चिन्ह सिंहले सार्बजनिक भएपछि देशबिदेशमा रहेका नेताकार्यकर्ता र समर्थकहरु झस्किएका थिए । निर्बाचन आयोगमा बिचाराधिन अबस्थामा रहेको चुनाब चिन्ह सिंह आफुहरुले पाउने र निर्बाचन आयोगले न्याय दिने बिश्वास रहेको समेत नवलपुर टुडेलाई बताए ।






















