पुर्बजनमुक्ति सेनाका कमाण्डरको टोली प्रचण्डको सुरक्षामा खटियो, सुरक्षा दस्ताको नेतृत्व गर्ने पाण्डे को हुन ?


काठमाडौ । सरकारले पछिल्लो समयमा आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटेका सुरक्षाकर्मी फिर्ता लगे पछि उनको सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिन थालेका छन् । सरकारले प्रचण्ड(नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा भारी कटौती गरेको हो । सरकारले पूर्वप्रधानमन्त्रीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै प्रचण्डको सुरक्षामा खटिएका भारी सुरक्षाकर्मी कटौती गरेको हो ।
सुरक्षामा खटिएका सुरक्षाकर्मी सरकारले फिर्ता बोलाए पछि दाहालको सुरक्षामा पुर्बजनमुक्ति सेनाको टोली खटिएको छ । उनको सुरक्षामा हाल दुई जना नेपाल प्रहरीका र करिब १३ जना सशस्त्र प्रहरीका टोली मात्र छन् । यस अघि प्रचण्डको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ जना र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी खटिएका थिए ।
काम चलाउ प्रधानमन्त्री केपि ओलीले मितव्ययिताका लागि भन्दा पनि ‘बदला’ लिने नियतले सुरक्षा टोली कटौती गर्नुभएको आरोप प्रचण्ड – नेपाल पक्षले लगाएको छ । हाल प्रचण्डका सुरक्षामा खटिएका सबै पुर्बजनमुक्ति सेनाका सदस्यहरु हुन ।
दीपशिखाका अनुसार प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमाण्डर प्रकाश पाण्डे (प्रलोक) को नेतृत्वमा १० जनाको टोली खटाइएको छ । प्रचण्डलाई अहिले पनि सुरक्षा चुनौती भएका कारण पूर्वजनमुक्ति सेनाका सदस्यहरुलाई उनको सुरक्षामा खाटाएको बताइएको छ ।
दश बर्षे सशस्त्र जनयुद्ध पछि शान्ति प्रक्रियामा आएदेखि नै ‘प्रलोक’ प्रचण्डको सुरक्षा टोलीमा थिए । प्रचण्ड प्रधानमन्त्री भए पछि उनी शक्तिखोरस्थित तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजनमा थिए । सेना समायोजनमा स्वेच्छिक अवकाश रोजे पछि पछिल्लो समयमा वाइसीएलमा थिए । नेकपा गठन भए पछि उनी राष्ट्रिय युवा संघमा आवद्ध छन् ।






















