देश

लाेकतन्त्र हाम्राे प्रमाण हाे!

नवलपुर टुडे
२०७७ फाल्गुन ५ | बिहान ०९:११ बजे

मुलबासी मङ्गोल पुर्खाको पौरख हो-लोकतन्त्र!
सिङ्गो नेपाल र नेपालिको गौरव-लोकतन्त्र!
पुस्तौको त्यागपछिको प्राप्ती हो-लोकतन्त्र!
ती लाखौ सहिदको उपलब्धि हो-लोकतन्त्र !
हामिले श्री ३ निरङकुश राणातन्त्र फ्याक्यौ!
श्री ५ सामान्ती राजतन्त्र ढाल्यौ!
अब श्री ६ टाउकेहरुको टाउको भकुन्डो
खेलेर लोकतन्त्र बचाउने समय आएको छ!
लोकतन्त्रलाइ गिद्दे आँखा लाउनेहरुको आँखा गुच्चा खेल्ने समय आएको छ!
होसियार सामन्तीहरु हो बरु मर्न तयार छु तर निरङ्कुशताको पाउमा कदापी झुक्ने छैनौ!

नेपालमा ब्यबस्था फेरिए तर अबस्था फेरिएन!
स्वरुप फेरिए तर रुप फेरिएन!
अझै यहा लुकाएका छन तथ्य छोपिएका छन सत्य!
बेचिएका छन न्याय ,खोसेका छन अधिकार !
हत्याएको छन मानव अस्तित्व, बिर्सेका छन मानबता!
फेरि सामन्तिहरुको चिहानबाट भूतहरु सलबलाइ रहेका छन!
फेरि दारा र दात नै फुक्लिसकेका भतुवा कुकुरहरुले माङ्साहारी बिद्रोह र आन्दोलन गरेर फेरि मुलबासी मङ्गोललाइ मार्ने मराउने र जेलमा सडाउने खेल भैरहेको छ!
तिमिले गम्भीर भै सोच कस्तो होला
हामिलाइ मृत्यु पृय शान्ती अपृय भएको दिन!
हामिभित्र मानबता समाप्त भएको दिन तिम्रो अन्तिम दिन हुनेछ!
त्यसैले खबरदार ! लोकतन्त्र हाम्रो प्राण हो !
जै मङ्गोल
– ग्यालजेन दाेर्जे तामाङ

कमेन्टहरु