देश

नेपालकाे राष्ट्रिय झण्डा जलाउने “ग्याल्जेन दाेर्जे ” १ लाख धराैटिमा आज साँझ रिहा

kushal
२०७७ फाल्गुन ४ | मध्यान्ह १०:११ बजे

फाल्गुन ४ ,काठमाण्डाै।
नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा पक्राउ परेका ग्यलजेन दोर्जे तामाङ सोमबार बेलुका रिहाइ भएका छन् । गत बिहीबार उच्च अदालत पाटनले एक लाख धरौटी बुझाउनु आदेश गरेको थियो ।

उक्त आदेश अनुसार सोमबार ग्यलजेन दोर्जे तामाङ काठमाडौ जिल्ला अदालतमा धरौटी बुझाएर रिहाई भएका हुन् । उनलाई राज्य विरुद्धको कसुरमा गत भदौ २८ गते जिल्ला अदालत काठमाडौले पुर्पक्षका लागि नख्खु कारागार ललितपुर चलान गरेको थियो ।
उनलेे गत भदौ महिनामा मंगोल होप अफिसल युटुब च्यानलबाट ‘देशद्रोही’ गीत सार्वजनिक गरेका थिए । साे गीतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाइएको थियो । जसको कारण समर्थन र बिरोध मिश्रित प्रतिकृया सामाजिक संजालमा आएको थियो ।

जसमा ग्यलेनज दोर्जे तामाङ सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौले १० जना मध्य ३ जनालाई धरौटीमा ६ जनालाई साधारण तारीखमा र १ जनालाई बालक भएको कारण रिहाई गरेको थियो । ग्यलजेनलाई भने पुर्पक्षमा राख्न आदेश दिएको थियो ।

उक्त मुद्दामा सुरु देखि बहस पैरवी गर्ने अधिवक्ता शंखार लिम्बूका अनुसार अदालतले ग्यलजेन दोर्जे तामाङलाई न्याय दिएको समेत बताए । ‘खास गरि आम जनताले बुझे अनुसार नेपालकाे झण्डा जलाइएको होइन । त्यो एउटा म्युजिक भिडियोमा कैद गरिएको भिडियो हो । एउटा कलाकारले आफ्नो कला प्रस्तुत मात्रै गरेका हो । संविधान अनुसार ऊनी गलत छैनन् । लोकतान्त्रिक मुल्य र मान्यता अनुसार पनि गलत छैनन् । गीत मार्फत राजनीतिक बिरोध गरिएको हो । मानवअधिकार अन्तर्गत बोल्नु पाउने अधिकार पनि हो ।’ उनलेे हामि सँग भने । ‘अहिले मुद्दा बिचाराधिन छ । त्यसैले अन्य कुरा भन्नु मिल्दैन’ अधिवक्ता लिम्बूले नवल पुर टुडे लाई बताए ।

हामीले ग्यलजेन दोर्जे तामाङसँग सम्पर्क गर्नु खोज्दा स्रोतको अनुसार मुद्दा बिचाराधिन भएको कारण कुनैपनी कुरा बोल्नु नमिल्ने बताए । ‘ग्यलजेन दोर्जे तामाङ सोमबार बेलुका १ लाख धरौटी बुझाएर रिहा भएको छ । ग्याल्जेनको मुद्दा अझै फैसला हुन् बाँकी भएको हुँदा कुनैपनी कुरा बोल्नु मिल्दैन’ स्रोतले भन्यो ।
(‘अदालतले ग्यलजेनलाई न्याय दिएको छ, अदालत प्रति नवलपुर टुडेकाे उच्च सम्मान छ ।’ )

कमेन्टहरु