देश

सपना राेका मगरकाे चरित्र हत्याउने विनयजंग बस्नेत पक्राउ

नवलपुर टुडे
२०७७ फाल्गुन ४ | मध्यान्ह ०६:११ बजे

फागुन ४,काठमाडौं ।
काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।
विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो ।

काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

आफूमाथि अभद्र व्यवहार गरेको भन्दै सपना रोका मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा विनय बस्नेतबिरूद्ध दिएको जाहेरीको आधारमा प्रहरीले विनयलाई पक्राउ गरेको छ। विनयले मोबाईल र पेन ड्राईभमा सपनाको नांगो फोटो सुरक्षित छ, म सार्वजनिक गर्छु भन्दै सार्वजनिक रूपमा यातना दिईरहेका थिए।

कमेन्टहरु