लोकतन्त्र बचाउन केपी ओलीको नेतृत्व सक्षम, कसैलाई गुहार्न पर्दैन: लेख राज भट्ट

नवलपुर टुडे
२०७७ फाल्गुन १ | मध्यान्ह ०४:११ बजे

बुटवल । नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले लोकतन्त्र बचाउन केपी ओली नेतृत्वको पार्टी नै सक्षम र लोकतन्त्र र गणतन्त्र रक्षा गर्न कसैलाई गुहार्न नपर्ने बताएका छन ।
शनिबार बुटवलमा ओली पक्षले गरेको सभामा बोल्दै भट्टले लिम्पीयधुरा, लिपुलेक र कालापानी नेपालको पक्षमा पारित गराएकाले आफूहरु केपी ओलीको पक्षमा लागेको उनले बताए ।
बिगतका दिनमा कसैले यो कदम चालेको थिएन । त्यसैले आफु प्रधानमन्त्रीसँग रहेको बताए ।भट्टले आफूहरुबाट चौइटिएर गएकाहरुले शाकाहारी भनेर मांसाहारी आन्दोलन गरेको समेत बताए ।























