देश

रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाउदा, जान नमाने पछि पक्राउ गर्ने तयारी

नवलपुर टुडे
२०७७ माघ २९ | मध्यान्ह ०१:१० बजे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको स्वीकार गरे । तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् ।

प्रहरीले बिहीबार बिहान १० बजे आउन भनेका थिए । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि बिहीबार पक्राउको तयारी गरेको छ ।

यसअघि झाँक्रीलाई पक्राउ गर्न केपि पक्षका महिला संगठनले ज्ञापन पत्र बुझाउदै, प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो । झाँक्री माथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षको छ यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन ।

झाँक्रीले राष्ट्रपतिका कुरा त के गर्नु बडामहारानीले चुनाव हुन्छ भन्‍नु भएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।

जन नेता मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रति उत्पादक हो विद्या भण्डारी, झाँक्रीले भनेकी थिइन् ।

झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो । झाँक्रीलाई कार्बाही गर्न केपि ओली र राष्ट्रपतिद्वारा नै गृहमन्त्रीलाई अदेश दिएको थियो ।

कमेन्टहरु