संयुक्त आन्दाेलनकाे नेतृत्व काँग्रेसले लिन्छ – नेता पाैडेल


माघ २९, काठमाण्डाै।
गणतान्त्रिक नेपालकाे संबिधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको छ ।
हिजाे बुधबार नेकपाको प्रचण्ड–माधव पक्षबाट खुला सभाबाटै कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव आएपछि कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व लिन तयार रहेको बताएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनको नेतृत्व लिन तयार रहेको बताए ।
‘संविधानको रक्षाका लागि २०४६ र २०६२/६३ मा पनि कांग्रेसले नेतृत्व लियो, फेरि पनि संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व गर्न कांग्रेस तयार छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले नवलपुर टुडे सग भने ।
कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै हाल एक्लै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ । सो सन्दर्भमा वरिष्ठ नेता पौडेलले संयुक्त आन्दोलनका लागि कांग्रेस तयार नभएको नभई समय मात्रै कुरेको बताए ।






















