बारा निजगढमा मंगोलवाद सम्बन्धी अन्तरक्रिया कार्यक्रम, स्थानियले मंगोल संगठन एक हुन गरे अपिल


निजगढ । देशैभरी मुलबासी मंगोलको हकअधिकार र अस्तित्वको अभियान व्यापक रुपमा बिस्तार गरिरहेको मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले मंगलबार बाराको निजगढ ताङ्गिया बस्तिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा स्थानिय मुलबासी मंगोल समुदायका बासिन्दाहरु सहभागी रहेको थियो, भने संघिय सभाका सदस्य पुर्खा राम प्रजाले संगठन र मंगोल अस्तित्व बारे प्रष्ट पारेका थिए ।
अन्तरक्रिया कार्यक्रममा स्थानियले मंगोलबादको बारेमा चासो राख्दै, संघिय सभाका सदस्य प्रजा संग विभिन्न कोणबाट प्रश्न गरेका थिए । प्रजाले स्थानियको जबाफ दिदै संगठन र मंगोलबाद बारे जानकारी गराएका थिए ।
विशेष त स्थानियले मंगोल संगठन दुईधार भएको दुख ब्यक्त गरेका थिए । उक्त बिषयमा त्यहाँका स्थानियले दुईधार भएको कारण सहित दुबै पक्षलाई उपस्थित गराउने बताए ।
उता मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनको तर्फबाट जुन सुकै समय र स्थानमा बुद्धलाल मेचे ( MNO ) पक्षका नेताकार्यकर्तालाई बोलाउदा वीर लाल वालाहाङ (MNO DGG) पक्षकालाई पनि बोलाउन आग्रह गर्दै, संगै सैद्धान्तिक बहस गर्न आफू र संगठन तयार रहेको संघिय सभाका सदस्य पुर्खाराम प्रजाले बताए ।























