देश

दुबै मृगौला पीडित तिलबहादुर गुरुङलाई चुलाचुली प्रबासी सेवा समाज इलामद्वारा सहयोग

नवलपुर टुडे
२०७७ माघ २६ | मध्यान्ह ०३:१० बजे

काठमाडौ । पाँचथर जिल्ला साबिक च्याङ्थापु हाल याङवरक वाड न १ झारसादी बिर्तामोड -३ निबासी तिलबहादुर गुरुङको दुबै मृगौला फेल भई हाल भद्रपुर ओम साई पाथीभरा हस्पिटलमा हप्ताको एक / दुई पटक डाइलाईसिस गराउदै आइरहेका मृगौला पीडितलाई चुलाचुली प्रबासी सेवा समाज ईलामले बिरामीको भतिज पदम गुरुङलाई आर्थिक सहयोग शुक्रबार हस्तान्तरण गरेका छन ।

photo 2021 02 08 15 15 29

चुलाचुली प्रबासी सेवा समाज इलाम संस्थामा आबद्ध बिभिन्न पदधिकारी तथा निम्न सदस्यहरुले तल उल्लेख सहयोग रकम गरेको हो ।

१) मनोज कुमार एवा- रु १०,०००✅
२) भिम कुमार राई- १,०००/-✅
३)जनक महरा-५००/-✅
४)बिस्णु साम्बा-१,०००✅
५)लोकेस बराल-५००/-✅
६)सुबास थुलुङ्ग-१,०००/-✅
७)राज कुमार याख्खा-५,५५/-✅
८)काजिमान राई-१,०००/-✅
९)अमर गजमेर- १,०००/-✅
१०)दल बहादुर गजमेर- Rm-40✅
११)दिलिप राई- ५,०००✅
१२)राज कुमार कोयु राई- ५,५०✅
१३)मनु आङ्देम्बे लिबाङ-५००✅
१४) रिना चाम्लिङ-१,०००/-✅

माथी उल्लेखित नाम र रकम जम्मा गरि रुं.२४५५५/- अक्षेरुपी चौबिस हजार पाँच सय पचपन्न रुपियाँ सहयोग गरेको संस्थाका कार्यकारी अध्यक्ष भिम कुमार मंगोलले नवलपुर टुडेलाई बताएका छन ।

मृगौला पिडितलाई सहयोग हस्तान्तरण कार्यक्रम चुलाचुली प्रबासी सेवा समाज इलाम संस्थाका उप प्रमुख सल्लाहकार सुबास थुलुङ राइको आतिथ्यमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

इलामको चिनारी पनि पढ्नु होला

पुर्बी नेपालको प्राकृतिक सौन्दर्यता, अपार सम्भावनाहरुले भरिभराउ देश नेपाल, बहुल जाती, बहुल भाषी, बहु-धार्मिक, बहु-सांस्कृतिक सुन्दर देश नेपाल, विभिन्न जातीय भेष भुषाले रंगिएको देश नेपाल, सतहत्तर जिल्ला, सात संघिय राज्यको बिभाजन पछि प्रदेश न १ अन्तर्गत नेपालको पुर्बी भागमा रहेको इलाम जिल्लाका युबाहरुले प्रबासमा युबाहरुलाई एकता गरि चुलाचुली प्रबासी सेवा समाज ईलाम स्थापना गरि दुखी पीडितहरुलाई सहयोग देखि सामाजिक कार्यमा अगाडि बढिरहेको छ ।

ilam csk lt
देशकै ठूलो चिया बगान रहेको इलाम जिल्ला, हरियो डांडा, हरियो बन, हरियै चिया बगान अनि सुर्यको पहिलो झुल्को दृश्यवालोकन गर्न मिल्ने श्रीअन्तु डाँडा, पाथिभरा देवीको बासोस्थान, अलैंची, आलु, अम्लिसो,अदुवा, बाबियो, सुन्तला, कागती, धान, मकै, कोदो,गहुँ ,जौं जस्ता सबैखाले महत्त्वपूर्ण खाद्य तथा उपभोग्य बस्तुहरुको उत्पादन हुने जिल्ला हो ।

tea tour in nepal

जिल्लाको दक्षिणी भूभाग चुलिबनको काखमा अवस्थित चुलाचुली गाउँपालिकाको पुर्व र दक्षिण भूभाग झापाको सिमाना संग साँठगांठ मिलाएर बसेको छ भने पश्चिमतर्फ मोरंग जिल्लाको सिमाना संग मितेरी लाउन पुगेको छ, यसरी सुगम जिल्लाहरु संग सिमाना जोडीदा पनि चुलाचुली गाउँपालिका लगायत प्राय: जसो सबै गाउँपालिका आफ्नै बिकाशको अभावमा टुलुटुलु हेर्नु बिबस छ ।

Ilam4

चरम गरिबी, बेरोजगारी, अशिक्षा, राजनैतिक अस्थिरता र कैयन समस्याको कारण देशका होनहार युवायुवती साहुबाट चर्को ब्याजमा ऋण लिई लाखौ रुपैया म्यानपावार / एजेन्टलाइ बुझाइ रोजगारीको खातिर दिनहु जसो बिदेशिन बाध्य छन्, देश बिकाशमा लाग्नु पर्ने यी सबल हातहरु, आफु र आफ्नो परिवारको हातमुख जोड्न विदेश पलायन हुन् बाध्य छन्, बाध्यता र आवश्यकताको अगाडी आफ्ना रहर र इच्छाहरुलाई तिलान्जाली दिदै अर्काको देशमा एउटा दाश सरह रगत पसिना बगाउन बाध्य छन् हाम्रा होनहार युवाशक्तिहरु, यहि मेसोलाइ पक्डिदै चुलाचुली गाउँपालिकाबाट पनि कैयन युवायुवतीहरु संसारको बिभिन्न देशमा होमिन बाध्य भएको यथार्थ हो ।

जन्मिएको घर, जन्मस्थान अनि आफ्नो देश कसलाई प्यारो हुन्न होला, गाइबाख्रा चराउदै हिडेको ति भिरपाखाहरु मोजा र झुम्राको डल्ला बनाउदै खेलेको ति टारबारीहरु, लुकामारी, ककफाइट खेल्ने ति पाखा र कान्लाहरु, गुच्चा खेल्ने ति खोपिहरु, जानीनजानी क-ख पढ्न खाली खुट्टा जाने ति साना साना बाटाहरु ओहो कसको दिमागमा ताजा नहोला, अविकसित छ अभाव छ, कैयन समस्याहरु छन्, गरिब छन् दुखि छन् पिडित छन्, अपाङ्गहरु छन्, शिक्षाको अभाव, उपचारको अभाव छ, ति पाखा ति झुप्रा अनि माटोले हामीलाई सधै केहि न केहि दिएको छ, बदलामा उसले केहि माग्न जानेको छैन, अब केहि न केहि गर्ने केहि न केहि दिने पालो हाम्रो पनि हो, आफ्नो माटो र देशको सानो ऋण तिर्ने हाम्रो कर्तब्य पनि हो, धेरै दिन वा गर्न पर्दैन तर सानो सानो योगदान हामी धेरै मिलि दिने वा गर्ने हो भने अवश्य केहि गर्न सकिन्छ ।

त्यसैले यत्रतत्र छरिएर बसेका चुलाचुली बासीलाई बिभिन्न माध्यमबाट एकत्रित गरि, सामाजिक भावनाबाट ऒतप्रोत भै, कसैको भावना आस्था विचार आदिलाई ठेस नपुग्ने गरि, चरम गरिबी, पछौटेपन, अशिक्षा, बेरोजगारी आदिलाई टेवा पुग्ने गरि आफ्नो गाउँपालिका भित्रका अभावग्रस्त आवश्यकीयहरुको लागि केहि उठानको कार्य केहि टेवा पुग्ने कार्य गर्दै, सामाजिक अभियान मार्फत समाजमा बिध्यमान कुसंस्कार कुरीति अन्धविश्वास आदिलाइ चिर्दै, आफ्नो ठाउको बिकाश र सम्वृद्धिको लागि समेत आफ्नो योगदान दिने हेतु, गैरराजनीतिक गैरनाफामुलक एउटा शुद्ध सामाजिक अभियानको रुपमा “चुलाचुली प्रवासी सेवा समाज, ईलाम को” स्थापना गरिएको छ ।

कमेन्टहरु