देश

भोलिबाट कोभिड -१९ को बचेको खोप पत्रकारलाई लगाउने, सुचना बिभागका प्रेसपास अनिबार्य देखाउनु पर्ने

नवलपुर टुडे
२०७७ माघ २५ | मध्यान्ह ०१:१० बजे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा बचेको खोप कोभिड -१९ विरुद्धको खोप भोलिबाट लगाउन सुरु गर्ने भएको छ । जसका लागि पत्रकार, कुटनीतिक नियोग र यूएन एजेन्सीमा काम गर्नेहरूलाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा खोप लगाइने छ । मन्त्रालयस्रोतका अनुसार सिभिल अस्पतालमा पत्रकार, पाटन अस्पतालमा युनएन एजेन्सीका कर्मचारी र तिनका परिवारलाई खोप लगाइने छ ।

त्यस्तै, टिचिङ र गंगालाल अस्पतालमा कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउने सरकारको योजना छ । पत्रकारले खोप लगाउन सूचना विभागको प्रेस पास देखाउनु पर्नेछ । पहिलो चरणको खोप शनिबार समापन भएको थियो ।

भारत सरकारले उपलब्ध गराएको खोप पहिलो चरणमा देशभरका २ सय १ खोप केन्द्रबाट १ लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका थिए ।

कमेन्टहरु