प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढ पुगे

नवलपुर टुडे
२०७९ असार १८ | बिहान ११:०३ बजे

बुटवल, असार १८ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्न प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहित शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेका छन् ।






















