देश

“सेवाकाईमा एक अगुवाको परिचय” – भाग २

जगत ठाडा मगर
२०७७ माघ २० | मध्यान्ह ०६:१० बजे

-बिमल छेत्री, शिलगढि
“सेवाकाईमा एक अगुवाको परिचय” यो मेरो सानो लेखमा तपाईहरुले दिनु भएको प्रतिक्रियाको निम्ति मुरी मुरी धन्यवाद छ। तपाईहरुको सकारात्मक प्रतिक्रियाले मलाई धेरै प्रेरणा दिएको छ यसकारण समस्याको गम्भीरतालाई ध्यानमा राख्दै यसमा म मेरो केही थप बिचारलाई जोड्न चाहान्छु।

यस लेखमा तपाईहरूले जति पनि थप प्रतिक्रिया दिनुभएको छ त्यसले यस विषयको गम्भीरतालाई महत्व दिएको छ। विषय सम्वेदनशिल छ तर त्यसै लत्याउन पनि सकिन्दै यसको निम्ति कसैले त बोल्ने वा लेख्ने जोखिम त उठाउनै पर्छ भन्ने लाग्यो।
हरेक ईसाई विश्वासीहरू सेवाकाईमा बोलाइएका मानिसहरु हुन। सबैजनालाई परमेश्वरले कुनै न कुनै बरदान दिनुभएको छ ताकि हामी यसद्वारा एक अर्कालाई सेवा पुर्‍याउँन सकौं। तर बिभिन्न सेवा र बरदानहरूमा कतिजनालाई विशेष बोलावट र अगुवापनको जिम्मेवारी पनि दिइएको छ।

तर बाइबलमा सेवाकाईको ढाँचालाई हेर्दा नयाँ करारमा कुनै पनि अगुवाहरूले आफ्नो नामको अघि यस्तो त्यस्तो tag जुण्ड्याएको छैन किनभने तिनीहरु नामले होइन तर कामले चिनिएको छ। ओहोदा र सेवाकाईको नाम लगाउन गलत हो भन्नु खोजेको कदापि होइन तर हाम्रो सेवालाई परिभाषीत गर्ने आधार ति ओहोदा होइन तर हामीले गर्ने सेवा नै बनोस।

वास्तवमा वरदानहरू एक-अर्कासँग सांग्लो जस्तै जोडिएको छ। तर आज यो पदोन्नतिमा दिइने तक्मा जस्तो भईरहेको छ। शुरुमा प्रचारक त्यसको केही वर्षपछि एल्डर र पाष्टरमा पदोन्नति। के वरदान र सेवाकाई यसरी तल माथि सानो ठूलो बनाएर राखिएको छ र ?

के यो पदोन्नति हुदैजाने खुडकिलोहरू हो र ?
यस्तो सिद्धान्त र प्रक्रियाले साधारण बिश्वासीहरूको देखाईमा बरदानहरूको सबैभन्दा माथिल्लो स्तर पाष्टरको सेवाकाई भएको छ। यसैकारण आज-भोली ‘पाष्टर’ शब्द धेरै दुरुपयोग भएको छ। विशेष सामाजिक सञ्जालमा जसलाई पनि पाष्टर र रेभरेण्ड लेखिएको देखिन्छ।

यि दिनहरूमा सोसियल मिडियाले धेरै सेवाकाई गर्नेहरूलाई प्रख्यात बनाएको छ जो एक यथार्थ हो साथै हाम्रो नेपाली मण्डलीमा पनि धेरै असल सेवाकाई गर्ने अगुवाहरू पनि हुनुहुन्छ तर हामी बिश्वासीहरूले ति अगुवाहरूलाई आदर सम्मान गर्नुको निम्ति (यदि होइन भने) रेभरेण्ड वा पाष्टरभन्नु गलत हो।

साथै YouTube र अन्य सोसियल मिडियाबाट होस बिनाको जोसमा आधा अधूरो ज्ञान लिएर प्रचार प्रसार गर्ने अनुभवहीन ब्याक्तिहरूले यसको परिणाम के हुदैछ भन्ने गम्भीरतामा सोच्नुपर्छ।
यस्ता कति समस्याहरूले दिन प्रति दिन उग्र रूप लिइरहेको छ। यसकारण हामी होसियार हुन र अरूलाई सचेत गराउन जरूरी छ।

कमेन्टहरु