देश

सेवाकाईमा एक अगुवाकाे भुमिका- बिमल छेत्री

नवलपुर टुडे
२०७७ माघ १९ | मध्यान्ह ०७:१० बजे

सेवाकाईमा एक अगुवाको परिचय
भाग १
बिमल छेत्री,सिलगढी

सायद मेरो यो विचार तपाईहरूलाई आक्रमक लाग्छ होला तर यो तीतो सत्य हो।
आज भोली सामाजिक सञ्जालमा देखिन्छ, ईसाईहरूले अलिक चर्चित ईसाई अगुवाहरूलाई किन पाष्टर, रेभरेण्ड भनेर नै सम्बोधन गरेको ?

एक अगुवालाई तिनको बरदान, बोलावट र सेवामा हामीले आदर दिनुपर्छ तर सेवाकाई गर्ने सबै अगुवाजनहरू पाष्टर र रेभरेण्ड होइनन्।

सेवाकाई गर्ने ब्याक्तिहरूले पनि आफु जे होइन त्यस द्वारा कसैले सम्बोधन गर्दैछ भने नम्रतामा अस्वीकार गर्नुपर्छ। तपाई ‘पाष्टर’ होइन तर कसैले ‘पाष्टर’ भनेर सम्बोधन गर्दैछ भने म ‘पाष्टर’ होइन भन्नुपर्छ।

कतिजनालाई मैले देखेको छु ख्रीष्ट्यान भएको एक बर्ष पनि भएको छैन आफ्नो नामको अघि प्रेरित लेख्छ। के बाइबलमा सेवाकाई गर्नेहरूले रेभरेण्ड, डाक्टर जस्ता नाममा आफूलाई परिचित गराएको छ र ?

नयाँ करारमा प्रेरित, अगमवक्ता, प्रचारक, पास्‍टर र शिक्षकको सेवाकाई त मण्डली सुसज्जित पार्नको निम्ति दिइएको बिशेष सेवाकाई हो तर के हामीले यि वरदानहरूको महत्व बुझेको छौं ?

के सेवाकाईमा अलिक ख्याति कमाएको सेवकहरूलाई सम्बोधन गर्नुको निम्ति हामीले यि बरदानहरूलाई मनपरी ओहोदा, तक्मा र परिचयको चिन्ह बनाई हाल्नु पर्छ ?

अनि सेवाकाई गर्नेहरूले पनि के यहि बरदानहरूलाई अरूको ध्यान, समर्थन र सम्मान पाउने स्वार्थी उद्देश्यको निम्ति प्रयोग गर्नुहुन्छ ?

हामीले यसलाई अलिक गम्भीर भएर सोचौं त…

कमेन्टहरु