सम्बन्ध बिच्छेद पश्चातपनि सफल जीवन जिउन सफल १० सेलिब्रेटिहरु


माघ १९,काठमाण्डाै।
जीवन जिउने क्रममा आपसी मतभेद त हुन्छ नै । संगै मर्ने संगै बाच्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल भएको छैन् । सामन्यतया अविश्वास, आशंका र चरम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ ।
डिभोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, प्रियकां कार्की , झरना बज्रचार्यलगायत छन् ।
सुस्मिता बमजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजना लामा, सिरु बिष्ट, सुस्मिता कार्की, सिर्जना बस्नेत डि’भोर्स गर्ने कलाकारको सूचीमा पर्छन् ।एउटा दाम्पत्य सम्बन्ध सफल नभएर अलग भएका दम्पतीहरु अर्कोसंग घरजम गर्ने तयारी गर्छन् । तर डि’भोर्सपछि एक्लै गुजारा चलाइरहेकाहरु पनि छन् । र अझ कला क्षेत्रमा त झनै धेरै छन् ।
यी महिला कलाकार, जो डिभोर्सपछि पनि एकलै जीवन हाँकिरहे! प्रस्तुत छ नवलपुर टुडे ले आज १० ब्यक्तित्वहरुकाे बिषयमा तयार पारेकाे रिपाेर्टहरु !!
१,माैसमि मल्ल:

मौसमी मल्ल कुनै समयकी चर्चित नायिका हुन् । उनले १५ वर्ष कै उमेरमा धन विक्रम मल्लसंग विवाह गरेकी थिइन् । विवाह भएको ९ वर्षपछि मौसमीले डि’भोर्स गरेकी हुन् । आफ्नो ‘ध्व’स्त वैवाहिक जीवन सम्झेर पुन विवाह गर्नेबारे कल्पनासम्म पनि नगरेको उनले बताउने गरेकी छिन् ।
२. अरुणिमा लम्साल :

एक समयकी चर्चित नायिका अरुणिमा लम्सालको पनि वैवाहिक सम्बनध टिक्न सकेन् । अमित अर्यालसंग विवाह गरेकी उनले १२ वर्षको वैवाहिक स’म्बन्धलाई टु’ङ्ग्याएकी थिइन् ।
३. रेखा थापा

नेपाली सिने क्षेत्रमा हिम्मतवाली नायिकाका रुपमा परिचित छिन् रेखा थापा । फिल्मभित्र नायकलाई ओझेल पार्दै उनी नै नायकका रुपमा उभिन्छिन् । निर्देशक छवि ओजासंग विवाह गरेकी थापाको वैवाहिक सम्बन्ध लामो समयसम्म भने टिक्न सकेन् । एक दशक लामो वैवाहिक सम्बन्धलाई ब्रेक लगाएकी रेखा हाल एक्लै बस्दै आएकी छिन् ।
४. मिलन अमात्य

मिलन अमात्य नयाँ पुस्तामा परिचित गायिका हुन् । अहिलेसम्म उनले दर्जनौ गीतमा स्वर दिएकी छिन् । सफल गायिका अमात्यको वैवाहिक जीवन भने सफल हुन् सकेन् । विवाह भएको ६ वर्षमा मिलन र उनको श्रीमानबीच डि’भोर्स भयो ।
५. मनिषा काेइराला

मनिषा कोइराला केहि समयसम्म बलिउडमा नम्बर १ नायिकाको स्थान हासिल गरेकी नायिका हुन् । नेपाली फिल्म फेरि भेटउँलाबाट डेब्यु गरेपनि बलिउडमा भने उनले टप ब्यानरको सौदागरबाट झुल्किने मौका पाइन र उनी त्यहि फिल्मबाट नै रातारात स्टार बनिन् । उनै मनिषाले बिजनेस म्यान सम्राट दाहालसंग विवाह गरेकी थिइन् । तर यो विवाह छोटो समयमा नै पूर्णविराम लाग्यो ।
६. गाैरि मल्ल

गौरी मल्लले चलचित्र सन्तानबाट डेब्यु गरेकी हुन् । अब्बल अभिनयका कारण उनी नेपाली सिने बजारमा सदाबहार छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि अन्तत उनीहरु अलग्गिए । गौरीले अहिलेसम्म एक्लै बस्दै आएकी छिन् ।
७. रञ्जना शर्मा

नायिका रन्जना शर्माले निर्देशक श्याम भट्राईसंग विवाह गरेकी थिइन् । विवाहपछि रन्जना अमेरिका गइन त्यसपछि उनीहरु टाढा हुँदै गए अन्तत उनीहरु अलग्गिए । रन्जना हाल अमेरिकामै छिन् ।
८. रिमा बिश्वकर्मा

नायिका तथा मोडल रिमा विश्वकर्माले रोबर्ट बिकसंग विवाह गरेकी थिइन् । विवाह गरेको २ वर्ष नपुग्दै नै उनीहरुले आफ्नो सम्बन्धलाई पूर्णविराम लगाइदिएका थिए । नेपाल आइडलको पहिलो र दोस्रो सिजनमा होस्ट बनेपछि लोकप्रियता अझ तुल्याउन सफल रिमा प्रस्ट वक्ताका कारण चर्चामा रहन्छिन् ।
९. अन्जु पन्त

अन्जु पन्त व्यस्त र सफल गायिकाको रुपमा चिनिन्छिन् । पार्श्व गायनमा उनलाई औधी रुचाइएको छ । अन्जु पन्त र गायक मनोज राज विवाह गरेको १० वर्षपछि छुट्टिए । अन्जुले श्रीमानसंग असहजता भएको कारण छुट्टिएको बताउँदै आएकी छिन् । अहिले अन्जु छोरीसंग बस्दै आएकी छिन् भने यति लामाे समय सिङ्गल जीवन बितायकि अन्जुले दाेश्राे विवाह गर्ने कुरा हरु हिजाे आज थुप्रै मिडियाहरुमा समाचार बनिरहेकाे छ।
१०. चुल्ठिम डाेल्मा

चलचित्र नोभेम्बर रेन बाट चर्चामा आएकी चुल्ठिमले गाएक धिरज राईसंग विवाह गरेकी थिइन् । चुल्ठिमको बैवाहिक स’म्बन्धपनि लामो समयसम्म अघि बढेन् । उनीहरु के कारणले अलग भए भन्नेकुरा खुलाइएको छैन् । हाल उनी एक्लै बस्दै आएकी छिन् ।























