केपि सरकारको मन्त्री मणि थापा भन्छन : भूल भयो, क्षमा चाहन्छु


काठमाडौं । प्रचण्डका बुहारी बिना मगरले राजीनामा दिए पछि, खानेपानी मन्त्री बनेका नेता मणि थापाले शनिबार सुर्खेतमा आफूले ‘नेपाल सरकार’ भन्नुपर्नेमा भूलवश ‘श्री ५ को सरकार’ प्रयोग भएकोमा क्षमा मागेका छन ।
शनिबार सुर्खेत पुगेका मन्त्री थापाले स्थानिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा सरकारको सन्दर्भबारे कुरा गर्दा ‘श्री ५ को सरकार’ उच्चारण गरेका थिए । थापामाथि आलोचना र बिरोध समाजिक संजाल र मिडियाद्वारा सर्बत्र बिरोध थाम्नै नसक्ने भाइरल भएको छ ।
त्यसैगरी आफूमाथि तीव्र आलोचना भएपछि थापाले सामाजिक संजाल फेसबुक मार्फत क्षमा मागेका हुन ।
उनले आफ्नो फेसबुकमा लेखेका छन, शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नु पर्नेमा भूलवश श्री ५ को सरकार भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखि दिनुहुन अनुरोध गर्दछु ।
मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भूलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।























