देश

बुटवलमा शक्ति प्रदर्शन गरेको दाहाल–नेपाल समूहले आज विराटनगरमा पनि विरोधसभा गर्दै

नवलपुर टुडे
२०७७ माघ १६ | मध्यान्ह ०३:१० बजे

विराटनगर । नेकपाको दाहाल–नेपाल समूहले आज विराटनगरमा विरोधसभा गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध हिजो बुटवलमा शक्ति प्रदर्शन गरेको दाहाल–नेपाल समूहले आज विराटनगरमा पनि विरोधसभा गर्न लागेको हो ।
विराटनगरको सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ ।

आज विराटनगरपछि सो समूहले भोलि धनगढीमा विरोधसभाको आयोजना गरेको छ । यता काठमाडौंको माइतीघरमा पनि धर्ना जारी छ । बुधबारदेखि धर्ना सुरु गरेको दाहाल–नेपाल समूहले माघ २१ गतेसम्मै निरन्तरता दिने यसअघि नै जनाएको छ ।

उपत्यका बाहिरका मुख्य शहर विराटनगर, बुटवल र धनगढीमा प्रदर्शन गरेपछि काठमाडौंमा माघ २८ गते धेरै नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । यसैगरी काम चलाउ प्रधानमन्त्री केपी ओलीको प्रतिगमन विरुद्ध बिरोध कार्यक्रम गरि प्रतिनिधि सभा पुनर्स्थापना हुने प्रचण्ड-नेपाल समुहको दाबी छ ।

कमेन्टहरु