देश

नेपालि ख्रीष्टीयानिटिभित्र माैलाएकाे कुर्सी माेह र निरीह नेपाली ख्रीष्टियन

नवलपुर टुडे
२०७७ माघ १६ | मध्यान्ह ०३:१० बजे

“येशुले भन्नुभयो जस्ले मलाइ बिश्वास गर्छ त्यसले मैले गरेका काम र त्यो भन्दा ठुला काम पनि गर्छ।”

नेपाली इसाइ जगतका हस्ती हु भन्ने दाजु हरुले पनि प्रचार धेरै गर्नु भयो होला।
तर व्यबहारमा आइपुग्दा यस्को ठिक उल्टो जस्तो लाग्छ।

आर्थिसहित को कुनैपनी कार्यक्रम आउँछ भने त्याहा मनै हुनुपर्छ चाहे चङ्गाइ महोत्सव होश, चाहे बाइबल कलेज सुरुगर्नेकुरा होश, चाहे सेमिनार गोष्ठी चलाउने होश, चाहे चिल्ड्रेन होम खोल्ने कुराहोश, चाहे चर्च बनाउने कार्यक्रम होश।अर्थिक स्रोत सहितको छ भने त्याहा मनै हुनुपर्छ।
नत्र मेरो नाता पर्ने हुनुपर्छ। नत्र त्यस्तै काम गरेर धनी भएको जग्गा जमिन जोडेको घर गाडी भएको हाम्रै लेबलको कुनै साथी भाइनै हुनुपर्छ। नकि अरु।त्यस्तो मानसिकता सेकुलर राजनीतिमा छ हुने गर्छ। तर ख्रीस्टियानिटिमा नहुन पर्ने हुदाहुदात आब राजनीतिमा पनि त्यही सर्कलले मौका पाउनु पर्छ भन्ने गन्ध बिस्तारै छताछुल्ल हुन खोज्दैछ। हुन सक्छ पार्टी लाई पनि NGO,INGO जस्तै आम्दानीको स्रोत बनाउनुछ वा बनिसकेको छ। नत्र किन गर्न खोज्ने दर्सन भिजन भएको लाई साथ नदिएर बखेडाबाजी गरिदैछ।के सबै कुरा को केन्द्र बिन्दु आर्थिक नै, पदनै, आफुनै, हुन पर्ने हो? के ख्रीस्टले सिकाएको व्यबहार नमुना यही थियो?
किन हरेक पुस्तामा यो सदुशी फरिशी प्रबिद्धी हाबी हुन्छ?
किन 15 औ सताब्दिको पोप फादर प्रबिद्धी हाबिहुन खोज्छ?
किन परिवर्तनको बाधक बन्न खोज्छ?
किन मानिश्हरु लोभ लालचले चुर्लुम्मै डुब्न खोज्छ?
किन भएभरको आफ्नै श्रीमती बाट जन्मेको छोराछोरीकै लागि थुपार्न खोज्छ?
किन नया जन्म पाएको।
यशुको रगतले किनिएका हरु माथी म्यामान को वा लक्षमिको आत्माले बाँस गर्छ? किन लोभको आत्मा बाट मुक्ति पाउन सक्दैनन?

कहिले यशुको राज्य, सान्तिको समृद्धि को राज्य आउँछ? किन बाइबल पढ्ने पनि नपढ्ने हरु जस्तै हुन्छन्? किन सबै कुरा आफै केन्द्रीत बनाउन चाहान्छन? कस्ले सम्झाउने कस्ले बुझाउने बुझ्न साच्चै मुस्किल देखिन्छ। के साच्चै यश सन्सारको देबले अन्यमानिशलाइ मात्र होइन त्यो भन्दा पनि बढी उहाकाहु भन्ने हरुलाइनै अन्धो बनाइदिएहो?
कस्ले यसपुस्ताको न्याय गर्ने कस्ले यो पुस्ता लाई सम्झाइदिने?
कस्ले यशुको आँसु देख्ने कस्ले उहाको चाहाना पुरागर्ने कस्ले गरिब दुखी निमुखा गरिब कम्जोर हरुको रोदन देख्ने?

हरेक पुस्तामा दोहोरिने र दोहोर्याइने कमि कमजोरी भनेकै म मैले मलाइ मेरो म द्वारा मेरालागिमा भनेर टुङ्गिएपछी ख्रीस्टकोब्त नाम मात्रहो तर बास्टबमा सैतान दुष्ट लुसिफरको इच्छा पुरागर्नेनै हो।

यशु आज पनि क्रुशमा रुदैहुनुहुन्छ दियाबलश आज पनि मैहुभन्ने माहासयको अफिश घरका बेड्मा रुममा ठाँट पलटेर बसेको छ अगुवाहरुको दिमाग्लाइ आत्म केन्द्रीत पार्न तल्लिन छ। भन्यो भने बडी हुन्छ तर व्यबहारत त्यस्तै देखिन्छ।

कमेन्टहरु