देश

श्री ३ हुन लागेका कमेडियन केपी ओलीलाई धराशायी बनाउँछौं : प्रचण्ड

नवलपुर टुडे
२०७७ माघ १५ | मध्यान्ह ०५:१० बजे

बुटवल । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धराशायी बनाउने बताएका छन् । प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरोधमा आयोजित लुम्बिनी प्रदेशस्तरीय विरोध सभालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

‘श्री ३ माहाराजधिराज हुन चोहका केपीहरुलाई ओलीलाई लुम्बिनीले धराशायी बनाउने छ भन्ने विश्वास लिएको छु’ बुटवलमा उर्लिएको जनसागरमाझ प्रचण्डको भनाइ छ । प्रचण्डले जनताका अगाडि निरंकुशता, प्रतिगमन, असंवैधनिक र अलोकतान्त्रिक स्वेच्छाचारी कदमका विरुद्ध संघर्ष गरिरहेको भन्दै केपी ओली भन्ने एकजना व्यक्तिको विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न आग्रह गरे ।

‘यो केपी ओली भन्ने एकजना व्यक्तिको विरोधमा आयोजना गरिएको हो भनेर नबझ्नुस् । हामीले गलत विचार, मान्यता, विधि पद्धतिका विरुद्ध, सही विचारको पक्षमा, सत्य, न्याय र स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निम्ति अपिल गर्न आएका हौ’ प्रचण्डको भनाइ छ ।

उनले संविधानसभाबाट संविधान जारी भएपछि देशमा राजनीतिक स्थायित्व र विकास निर्माण तथा सम्मृद्धिमा जान्छ भनेर पार्टी एकता घोषणा गरिएपनि त्यसबेलाको सहमति केपी ओलीले नमान्दा समस्या भएको बताए । कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनतर्फ जाने प्रयास गरेको बताएका थिए ।

कमेन्टहरु