देश

घुसलिएकाे आराेपमा कम्युनिष्टका वरिष्ट नेता पक्राउ

नवलपुर टुडे
२०७७ माघ १५ | मध्यान्ह ०३:१० बजे

काठमाडौं ।
चिनियाँ कम्युनिष्ट पार्टीका हेनान प्रान्तका एक वरिष्ठ नेता घुस लिएको आरोपमा पक्राउ परेका छन् । चाइना डेल्लीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको हेनानको प्रान्तीय कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका वाङ योङ बिहीबार पक्राउ परेका हुन् ।

चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेट (एसपीपी)ले यसअघि घुस लिएको आरोपमा वाङलाई पक्राउ गर्ने निर्णय गरेको थियो । राष्ट्रिय नियमन आयोगले वाङ घुस काण्डमा संलग्न देखिएको भन्दै फौजदारी अनुसन्धान तथा अन्य कारबाहीको लागि सिफारिस गरेको एसपीपीले बताएको छ ।

पार्टीको अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको भन्दै वाङलाई चिनियाँ कम्युनिष्ट पार्टी र सार्वजनिक कार्यालयबाट हटाइएको छ ।

कमेन्टहरु