देश

४० कटेपछि विबाह सम्बन्धमा बाधिएका सफल जाेडिहरु

नवलपुर टुडे
२०७७ माघ १४ | बिहान ०७:१० बजे

माघ १४ काठमाडौं ।
कति बर्षको भएपछि बिहे गर्ने भन्ने कुनै सर्बमान्य सिद्धान्त छैन। आफ्नो अनुकुलताका आधारमा निर्णय लिनु नै उचित ठानिन्छ ।

हालै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह वन्धनमा बाँधिएका छन् । मुख्यमन्त्रीको विवाह आफैंमा हेडलाइन बन्ने विषय थियो नै ।

त्योभन्दा चाखलाग्दो कुरा थियो, दुलाहा र दुलहीको उमेर । दुलाहा ५० वर्ष छुन लागेका । दुलही भर्खर २३ वर्षकी । उमेर अन्तर २५ वर्षभन्दा बढि । सामाजिक सञ्जालमा उनीहरुलाई बधाईसँगै विभिन्न बहसहरु पनि भइरहेका छन् ।

कतिले मन मिलेपछि उमेर कुनै इस्यू हुँदैन भनेर स्वभाविकरुपमा लिनुपर्ने मत राखेका छन् । कतिले चाहिँ मुख्य मन्त्रीले छोरी उमेरकी केटी रोजेको भनेर कटाक्ष गरेको पनि देखिएको छ ।

उमेर छिप्पिएपछि विवाह गर्ने राई नेपालका पहिलो व्यक्ति भने अवश्य होइनन् । राजनीतिदेखि कलाकारितासम्ममा अरु नामहरु पनि छन्, जसले ४० काटेपछि मात्रै घरबार सुरु गरे ।

नवलपुर टुडे ले यस्तै ४० कटेसि विवाह सम्बन्ध गासेकाे केही जाेडिहरुकाे शुचि तयार पारेकाे छ।हेमन्त रानाको गीतले भनेझैं ४० कटेपछि रमाउनेहरुको सूचीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि नेपाली चलचित्रका महानायक राजेश हमालसम्म छन् । उनीहरुको जीवन सुखमयरुपमै चलिरहेको छ ।

ढिला विवाह गरेर चर्चापरिचर्चा बटुलेकाे जाेडि अनुहार हरु को-को हुन् त ?

शेरबहादुर देउवा

Sher Bahadur Deuba in a meeting.2e16d0ba.fill 650x500 1

नेपालमा ०४६ सालमा प्रजातन्त्र स्थापना भएयता लगातार सुनिँदै आएको नाम हो शेरबहादुर देउवा । ४८ सालको संसदीय निर्वाचन जितेपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री थिए । बहालबाला गृहमन्त्री छँदा नै उनले गृहस्थि बसाएका हुन्, जतिबेला उनको उमेर ४५ वर्ष थियो ।
राणा खानदानकी आरजु देउवासँग शेरबहादुरले लगनगाँठो कसेका हुन् । उनीहरुबीच पनि उमेरको राम्रै अन्तर ९करिब १५ वर्ष० छ । देउवाको विवाह हुँदाका बखत नेपालमा अहिलेजस्तो बग्रेल्ती मिडिया थिएनन् । सामाजिक सञ्जालको त कल्पना नै थिएन । तसर्थ हाइप्रोफाइलको विवाह धेरै ठूलो विषय बनेन ।

शेरबहादुर र आरजुको वैवाहिक जीवन सुखद छ । विवाहपछि देउवा चार पटक मुलुकको प्रधानमन्त्री बने । सम्पत्ति पनि प्रशस्तै जोडे । श्रीमान प्रधानमन्त्री छँदा आरजुले मज्जैले पावर एक्सरसाइज गरिन् । पछि उनी आफैं कांग्रेस राजनीतिमा आइन् ।

श्रीमानकै बलमा सभासद समेत बनिन् । बूढानीलकण्ठमा देउवाको भव्य निवास छ । राजा–महाराजाको जस्तो विलासी जीवनशैली छ, उनीहरुको । देउवा दम्पतीबाट एक मात्र सन्तानका रुपमा छोरा छन् ।

बलबहादुर के सी

Balabahadur KC

कांग्रेसका पुराना नेता बलबहादुर केसीले पनि ढिला विहे गरेका हुन् । उनले २०६१ साल माघ १७ गते लगनगाँठो कसेका थिए । बलबहादुरले विवाह गरेको पर्सिपपल्ट नेपालमा शाही ‘कु’ भएको थियो ।
विवाह गर्दा बलबहादुर ५२ वर्षका थिए भने उनकी पत्नी रिना केसी ३३ वर्षकी । उनीहरुको प्रेमविवाह हो । रिना पनि पहिल्यैदेखि नेपाली कांग्रेसको राजनीतिमा छिन् । २०५३ सालमा उनी पद्मकन्या क्याम्पसमा स्ववियू सभापति थिइन् । अहिले महिला संघमा छिन् ।

बलबहादुर दम्पती हाल लाजिम्पाट क्षेत्रमा रहेको आफ्नै निवासमा बस्छन् । उनीहरुबाट कुनै सन्तान भएका छैनन् । पहिले पटक–पटक मन्त्री भएका बलबहादुर विवाहपछि भने मन्त्रीको कुर्सीमा पुग्न सकेनन् ।

उनले ७४ सालमा भएको चुनावमा उनी गृहजिल्ला सोलुखुम्बुबाट पराजित भएका थिए । त्यसअघि सोही क्षेत्रबाट उनी ७० सालमा विजयी भएका थिए । हाल उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् ।

बलबहादुर विगतमा विभिन्न विवादमा पनि मुछिएका थिए । अहिले भने उनको खासै चर्चा छैन । नयाँ पुस्ताका धेरैले उनलाई चिन्दैनन् पनि ।

मिथिला शर्मा

IMG 20210127 073007 910

अभिनयको बलमा दर्शकको मन जित्दै आएकी पुरानी अभिनेत्री मिथिला शर्माले आधा शताब्दी लामो अविवाहित जीवन बिताइन् । ५० वर्षको उमेरमा उनले २०७१ सालमा विवाह गरिन्, बयोवृद्ध पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोरासँग ।

विवाह गर्दा मोतिलाल ७४ वर्षका थिए । उनीहरुबीच २४ वर्षको अन्तराल थियो । मिथिलाको त्यो पहिलो विवाह भए पनि मोतिलालको दोस्रो थियो । पहिलो पत्नीको मृत्यु भएपछि मोतिलालले लामो समयदेखि चिनजानमा रहेकी मिथिलालाई जीवनसाथी बनाएका थिए ।

उनीहरुले कोर्ट म्यारिज गरेका हुन् । अदालती बिहेपछि मोतिलाल र मिथिलाले परिवार, आफन्त र निकटस्थहरुलाई एउटा रेस्टुरेन्टमा पार्टी दिएका थिए ।
शर्माले लामो समयसम्म नृत्यांगना र निर्देशक भएर नेपाल पुलिस क्लबमा काम गरेकी थिइन् । पछिल्लो समय उनी एउटा डान्सिङ रियालिटी शोमा निर्णायकको रुपमा देखिएकी थिइन् । मोतिलाल भने रिटायर्ड लाइफमा छन् ।

माेहनचन्द्र अधिकारी

Mohanchandra Adhikari

नेपालका नेल्सन मण्डेलाको उपमा पाएका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले ५३ वर्षको उमेरमा विवाह गरेका थिए । उनले २०४७ साल माघमा आफूभन्दा २५ वर्ष कान्छी बालकुमारी खनालसँग जनवादी विवाह गरेका हुन् ।

विसं १९९४ मा जन्मेका मोहनचन्द्र ०२८ सालमा भएको झापा विद्रोहका प्रमुख योद्धा थिए । झापा विद्रोहकै बखत पञ्चायत सुरक्षाकर्मीले पक्राउ गरेपछि ०३० सालमा जेल परेका उनले १७ वर्ष जेलजीवन बिताए ।

जेलजीवन बिताउने क्रममा उनको भेट शिक्षक आन्दोलनबाट पक्राउ परेर एक महिना भैरहवा जेल बसेकी बालकुमारीसँग भेट भएको भयो । त्यसपछि आफन्तहरूको प्रस्तावमा उनीहरूको विवाह भएको थियाे।

राजेश हमाल

IMG 20210127 073003 787

अभिनेता राजेश हमालले चलचित्र क्षेत्रमा प्रवेश भएयता सबैभन्दा बढी सामना गरेको प्रश्न हो, ‘विवाह कहिले गर्ने रु’ उत्तर दिँदा दिँदा उनी थाकिसकेका थिए । अन्ततः उनले यो प्रश्नलाई सदाको लागि टुंग्याइदिए, ०७१ साल माघमा ।

उमेरले अद्र्धशतक प्रहार गरिसकेपछि राजेश आफूभन्दा आधा उमेरकी मधु भट्टराईसँग विवाह वन्धनमा बाँधिएका हुन् । राजेश र मधु प्रेम सम्वन्धमा थिए । मधु राजेशभन्दा २२ वर्षले कान्छी छन् । राजेश गत जेठबाट ५६ वर्षमा लागे । विवाह गरेको ६ वर्ष पुगिसक्दा पनि उनीहरूले सन्तान जन्माएका छैनन् ।
बिहेपछि राजेश र मधुको जीवन उल्लासमय रुपमा बितिरहेको छ । राजेश पछिल्लो समय चलचित्रमा खासै सक्रिय छैनन् । मधु पनि घरव्यवहारमै व्यस्त छिन् । अहिले राजेश हमाललाई सबैभन्दा सोधिने प्रश्न हो, सन्तान कहिले जन्माउने ??

प्रदिप पाैड्याल

Pradip Paudel

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले ४१ वर्षका उमेरमा विहे गरेका थिए । २०७३ साल वैशाख १५ गते उनले सर्लाहीकी एन्जिला न्यौपानेसँग लगनगाँठो कसेका थिए । न्यौपाने त्यतिबेला नेविसंघको केन्द्रीय सदस्य थिइन् । उनीहरूको प्रेम विवाह भएको हो ।

एन्जिला र प्रदीपको उमेरमा ११ वर्षको अन्तराल छ । उनीहरूका छोरा र छोरी गरी दुई सन्तान छन् । छोरी मन्टेश्वरी जान थालेकी छन् ।
आफ्नो विवाहका विषयमा प्रदीप भन्छन्, ‘हाम्रो समाजमा विवाह गर्न ढिला भयो भने विभिन्न टिका–टिप्पणी हुन्छन् । मलाई पनि विवाहका लागि आफन्त र परिवारबाट दबाब आइरहन्थ्यो । विवाहपछि पनि टिप्पणीहरू आइरहे । अहिले हाम्रो दाम्प्त्य जीवन सुखद् छ । दुवै जना खुसी छौं ।’

ऋषि धमला

IMG 20210127 073021 033

ऋषि धमला अत्यधिक बेफुर्सदी पत्रकार मानिन्छन् । फुर्सद कम भएकैले होला उनले विवाह गर्न पनि ढिला गरे । ०३२ सालमा धादिङमा जन्मिएका धमलाको विवाह २०७१ सालमा भएको थियो । उनकी पत्नी एलिजा गौतम २०५० सालमा जन्मिएकी हुन् । ऋषि र एलिजाबीच १८ वर्षको अन्तर छ ।

उमेरको अन्तरालले धमलाको वैवाहिक जीवन रंगीन बनाउन रोकेको छैन । श्रीमतीलाई निकै माया गर्ने ऋषिले उनको नायिका बन्ने इच्छा पूरा गरिदिन चलचित्र निर्माणसमेत गरेका थिए ।
उनले निर्माण गरेको चलचित्र अनुराग फ्लप भए पनि कलाकारितामा एलिजाको ढोका खुल्यो । अहिले उनी म्युजिक भिडियोहरुमा सक्रिय छिन् । ऋषि र एलिजाका एक छोरी र एक छोरा छन् ।

शेरधन राई

IMG 20210127 073017 825

उमेरले आधा शताब्दी टेक्न लागेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई केहिदिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका छन् । ४९ वर्षीया राईले २६ वर्ष कान्छी जाङ्मु शेर्पालाई दुलही बनाएका हुन् । २३ वर्षिया जाङ्मु सन् २०१८ कि मिस मंगोल हुन् ।

कमेन्टहरु