बयलगाडा चढेर अमेरिका पुगिदैन, हाम्रो माग संवैधानिक राजतन्त्र सहितको लोकतन्त्र थियो – प्रधानमन्त्रि ओली


माघ १३,काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वयल गाडा चढेर गणतन्त्र आउँछ ? भनेर आफुले दिएको अभिब्यक्ति सत्य भएको बताएका छन् । उनले नेपालमा गणतन्त्र ल्याउनु भनेको र वयलगाडा चढेर अमेरिका जानु एउटै हो भनेर भनेको कुरा सत्य भएको बताएका छन् ।
उनले आफ्ना विरोधीहरुले आफ्नो विरोध गर्ने कुनै कारण नपाएपछि आफुलाई त्यसो भन्दै विरोध गर्ने गरेको बताएका छन् । आफुले कुन प्रशंग र अवस्थामा त्यो कुरा भनेको हो त्यो कुरा ख्याल गर्न पनि आग्रह गरेका छन् ।
शुक्रवार काठमाडौमा आयोजना गरिएको एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले किन र कस्तो परिस्थितीमा त्यो अभिब्यक्ति दिएका हुन् भन्ने कुरा पनि खुलाएका छन् । उनले भने, ‘माया लाग्छ उनीहरुको मलाई विरोध गर्ने कुरा केही नपाएपछि अहिले त्यस्तो फलाक्दै छन् ।’
हाम्रो आन्दोलनको माग नै संवैधानिक राजतन्त्र भन्ने थियो । आन्दोलनमा नेपाली कांग्रेस पनि थियो हामी उ संग मिलेर आन्दोलन गर्दा संवैधानिक राजतन्त्र सहितको लोकतन्त्रलाई मानेका थियौं । कांग्रेसको विधानमै त्यो कुरा उल्लेख थियो । तर केही साथीहरुले ब्यक्तिगत रुपमा गणतन्त्र चाहियो भनेर आफ्नो क्रान्तिकारी पन देखाउने काम भयो ।’
उनले नेपाली कांग्रेससंग मिलेर आन्दोलन गरेको र उसको विधानमा नै संवैधानिक राजतन्त्र सहितको लोकतन्त्र भन्ने उल्लेख भएको र कांग्रेससंग नमिलि आन्दोलन सफल नहुने भएकाले त्यसो भनेको बताएका छन् । ‘कांग्रेससंगको आन्दोलनवाट गणतन्त्र माग राख्नु भनेको वयलवाडा चढेर अमेरिका जानु जस्तै हो भनेको हुँ’ उनले भने ।
राजनीतिक विष्लेषण गर्न नजान्नेहरुले यस्तो तर्क गरेको उनको भनाई छ । जसले अहिले आफ्नो विरोध गरेका छन् उनीहरु राती राती लुकेर राजासंग र क्सि खाने गरेको पनि दावी गरेका छन् ।
























