देश

अबैध हुण्डि बढ्याे, कडाइगर्न बैकका प्रतिनिधिहरुकाे आग्रह

जगत ठाडा मगर
२०७७ माघ ११ | मध्यान्ह ०९:१० बजे

२४ जनवरी अबुधाबी, संबादाता
युएईमा रोजगारिमा रहेका नेपालीहरुले अवैध ढंगले रेमिटेन्स (हुण्डी) गर्ने क्रम बढेको युएईमा कार्यरत बैंकका प्रतिनिधिहरुले बताएका छन् ।

नेपाल पत्रकार महासंघ युएई शाखाले नेपाली बैंकर्ससँग शुक्रबार आयोजना गरेको अन्तरकृयामा सहभागि अधिकांश वक्ताहरुले नेपाल सरकारले नीतिगत रुपमै हुण्डीलाई निरुत्साहित गर्न आवश्यक रहेकोमा जोड दिए ।

आईएमई प्रतिनिधि उत्तम कुमार बस्नेतले नेपालका विभिन्न बैंकहरुले नेपाली श्रमिकहरुलाई वैधानिक तवरले रेमिटेन्स गर्नको लागि प्रोत्साहित गर्नु पर्नेमा जोड दिएका थिए । सिद्दार्थ बैंकका युएई प्रतिनिधि नविन पौडेलले राष्ट्र बैंकले नै सही नीति नबनाउँदा श्रमिकहरु अवैधानिक बाटो अपनाएको बताए ।

नेपाली दुताबास अबुधाबीमा ज्ञापन पत्र बुझाएर समाधानका उपायहरु सहितको सुझाव दिएको स्मरण गर्दै पौडेलले सरकारले नै यस विषयमा चासो नलिएको आरोप लगाए । सचेतना नभएर अबैध कारोबार भएको होइन, पौडेलले भने, हुण्डी गर्नेहरु सचेत साथीहरु नै छन ।

छलफलमा पत्रकार महासंघ, युएईका अध्यक्ष लक्ष्मण खनालले नेपाली राजनीतिले नेपालीहरुको सोचाईलाई प्रभाव पार्ने गरेको भन्दै सबैले आ-आफ्नो स्थानबाट पहल गर्नु पर्ने बताए ।

युएईमा रहेका संघ संस्थाहरुले आफुमा शुद्धिकरण गर्नु पर्नेमा उनले जोड दिए । कतिपय ब्यक्तिहरु समाज सेवाको आवरणमा संस्थामा बसेर अवैधानिक कार्य गर्ने गरेको भन्दै राष्ट्रभक्ती ब्यवहारमा उतार्न उनले आग्रह गरे । आम जनसमुदायमा बित्तिय साक्षरता जगाउन जरुरी रहेको भन्दै बैंकर्सहरुलाई त्यो भूमिका खेल्न उनले आग्रह गरे ।

यसैगरी नेपाल पत्रकार महासंघ युएई शाखाका सल्लाहकार हरी नेपालीले युएईमा कार्यरत बैंकर्स र नेपाली पत्रकारहरुले सहकार्य गर्नुपर्ने धारणा राखे । सो अवसरमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष मेघराज सापकोटाले युएईमा कार्यरत पत्रकारहरुले सुचनाको श्रोत गोप्य राख्ने गरेको भन्दै गैर कानूनी कार्यमा संलग्नहरुको विवरण उपलब्ध गराउन बैंकर्स प्रतिनिधिहरुलाई अनुरोध गरे ।यसैगरी पत्रकार विनोद श्रेष्ठले सही सुचना उपलब्ध गराए आफुहरु जस्तो सुकै खतरा मोलेर पनि सुचना प्रवाह गर्ने र भण्डाफोर गर्ने जानकारी गराए ।

हुंडिलाई निरूत्साहित गर्न बैंकहरुले सुबिधा बढाउनुपर्ने, बैंक चार्ज घटाउने, उपहारको ब्यबस्था गर्ने, र रोजगारिमा भीजिट भिजामा आएका तर रोजगार नपाएर घर फर्किन लागेकाहरूलाई हुंडिकर्ताले सुनको बाला, मोबाईल, ल्यापटप पठाउने भएकोले नेपालको बिमानस्थल मा नै कडाई गर्नुपर्ने स्थानिय संबादाताले नवलपुर टुडेलाई बताए ।

अल अन्सारी एक्स्चेन्जमा कार्यरत खगेन्द्र कट्टेलले कम तलब खाने श्रमिकहरु तस्करहरुको प्रलोभनमा परे पनि तथ्याङकहरुले धेरै तलब खाने नेपालीहरुले बढी हुण्डी गर्ने गरेको भन्दै यसको रोकथाम जरुरी रहेकोमा जोड दिए । शाखाका पूर्व अध्यक्ष भुपराज बस्यालले बैधानिक तरिकाले बिप्रेषण पठाउन निरन्तर लेख रचना प्रकाशित गर्नु पर्नेमा जोड दिए । सो छलफलमा युएईमा कार्यरत बीस जना बैंकका प्रतिनिधिहरुको सहभागिता थियो ।

कमेन्टहरु