AP मसिह पाटि र MNO-DGG काे देसैभरि संगठन बिस्तार तथा प्रशिक्षण कार्यक्रम


नवलपुर टुडे,काठमाण्डाै ।
देशमा राजनितिक अस्थिरताकाे कारण सत्तासिन दलमा फुट आउदै गर्दा बिपक्षमा रहेकाे पार्टी तथा नयाँ पार्टीहरु जनता माझ बलियाे बन्दै गएकाे छ ।
मंगाेल-मुलवासीकाे हकहित र उनिहरुकाे अधिकारकाे लागि लड्दै आएकाे “मंगाेल नेशनल अर्गनाइजेशन -डा: गाेपाल गुरुङ” संगठनले देशकाे विभिन्न भागमा आफ्नाे संगठन बिस्तार, प्रशिक्षण सभा तथा नगर सभा साथै वडा सभाकाे तिब्रता दिएकाे छ ।

दशकाैँ देखि आफ्नाे हकअधिकार ब्राम्हणवादले लुटिरहेकाे र हाम्राे केही आदिबासी जनजातिहरु पनि ब्राम्हणबाद कै दास भैदिँदा सम्पुर्ण मंगाेल-मुलबासीहरु ब्राम्हणबादकाे दास हुनुपरेकाेले अबकाे दिनमा देशकाे कुना कुना र प्रवासबाट पनि सम्पुर्ण आफ्ना जातिहरुलाई जागरुक बनाउने अभियायनमा हाेमिएकाे संगठनकाे संघिय सदस्य जीवन राई “मंगाेल” ले नवलपुर टुडेलाई बताए ।
यस्तै अर्काे एउटा संगठन ” आमुल परिवर्तन मसिह पार्टी
याे पाटिले पनि नेपाली भाषि ३० अाैँ लाख ख्रीष्टियनहरुलाई याे राज्यले हेर्ने नजर, गर्ने व्यवहार र ख्रिीष्टियन समुदायले राज्यबाट पाउने सेवा सुबिधाहरुबाट बञ्चित भएकाे हुनाले याे अबस्थामा सम्पुर्ण ख्रीष्टप्रेमिलाई एक हुन र धर्मनिरपेक्षकाे मुद्दालाई ब्यबहारितामा ल्याउन सरकारलाई ध्यान आकर्षण गराउन तर्फ सबै लाग्न देश बिदेशमा आफ्नाे संगठन बिस्तार गर्दैछ ।

यसै सिलसिलामा पुर्बि जिल्लाहरुमा जिल्ला संयाेजकहरु चुन्दै पाटीकाे पुर्ण जिम्मेवारी सुम्पेकाे छ । केन्द्रीय अध्यक्ष्य भरत गिरिले आध्यात्मिक भाैतिकताबादकाे धरातल नै पाटीकाे मुलभाव भएकाे हुदा यसमै रहेरआफ्नाे जिम्मेवारी पूरा गर्न सम्पुर्ण नगर, जिल्ला र केन्द्रियस्तरकाे नेता तथा कार्यकर्ताहरुलाई शुभकामना दिनुभयाे ।
सत्तासिन पाटीहरु देश र जनता मुखि नभएर सत्ता कुर्सिकै लागि लुछाचुडि गरिरहदा उल्लेखित पाटिहरु नै साच्चिकै नयाँ उपाकाे रुपमा स्थापित नहाेला भन्न पनि नसकिने जानकारहरु बताउछ्न ।






















