देश

नेपाली काँग्रेसले ६७४३ वडाहरुबाट बिराेध प्रदर्शन सम्पन्न, चागु ३ काे सभालाई सांसद प्रकाश रसाईलिले गरे संबाेधन

नवलपुर टुडे
२०७७ माघ ८ | मध्यान्ह १०:१० बजे

८ माघ, नवलपुर टुडे ।
प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध नेपाली काँग्रेस आज ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेकाे छ ।

यसै अवसरमा नेपाली काँग्रेस चागुनारायण नगरपालिका ३ नम्मर कार्यसमितिकाे अायाेजनामा पनि बर्तमान के पि ओलि( नेकपा)सरकारले गरेकाे प्रतिनिधि सभा बिघटनकाे असंबैधानिक कदमकाे बिराेधमा बिराेधर्यालि निकालिएकाे थियाे।

उक्त र्यालि ३ नम्मर वडा कार्यालय बाट सुरु भएर न्याैपाने गाउस्थित वडाकार्य समितिकाे कार्यालयमा पुगेर सभामा परिणत भयकाे थियाे।

photo 2021 01 21 21 53 46 rotated

नगरसदस्य शुन्दर चन्द्र न्याैपानेले संचालन गर्नुभयकाे कार्यक्रम मा बाेल्नाेहुदेे प्रमुख अतिथि माननीय साम्सद प्रकाश रसाइली ले ” नेपाली काँग्रेस न हिजाेकाे निर्वाचनहरुमा डरायाे न अाउदाे चुनवमा डराउनेछ, न अघिल्लाे चुनाहरुमा पछिहट्याे न अब नै पछिहट्छ किन भने अहिलेकाे नृकपाकाे अन्तरद्वन्द काे कारण जनतामा परेकाे समस्या र देसले पायकाे उपलभ्दिहरु काे रक्षाकाे लागि भयपनि नेपाली काँग्रेस निर्वाचन मार्फत जनतामाझ खुसिसाथ जाने छ” भन्नाेभयाे।

कार्यक्रममा जिल्ला सह सचिब किरण न्याैपानेले स्वागत मन्तब्या राख्नाेभयाे भने नेपाली काँग्रेस मात्र त्यस्ताे पाटि हाे जाे जनताकाे सुख दुखमा सधै साथ रहन्छ भन्दै जिल्ला प्रतिनिधि बिनाेद उपाध्यायले आफ्नाे मन्तब्य राख्नाे भयकाे थियाे।

photo 2021 01 21 21 54 11 rotated

३ नम्मर वडा सभापति राजेश शाहि काे सभापतित्वमा भएकाे बिराेध सभामा सभापति शाहिले
“अहिलेकाे सरकार आपसि कलह,कुर्सिकैलागि झगडामा अल्झिदिँदा जनताले पायकाे उपलभ्दिहरु गुम्ने अबस्थामा पुगेकाे र साे काे रक्षाकैनिम्ति भयपनि नेपाली काँग्रेस फेरि एकपटक सडकमा आउनुपरेकाे बताउनाे भयकाे थियाे।”

photo 2021 01 21 21 54 03

संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीत संसद विघटन गरिएको भन्दै काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता जनाएकाे छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचद्र पौडेलले वडा स्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपिल गरेका थिए।

photo 2021 01 21 21 53 58

 

काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

कमेन्टहरु