संसद बिघटनकाे बिरुद्दमा ६७४३ वडा कार्यालयहरुमै बिराेध र्यालिगर्दै, चा. न. पा. ३ काे पनि बिराेध र्यालिमा प्रकाश रसाईलि ले सभंबाेधन गर्ने


माघ ८,काठमाडौं ।
प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध नेपाली काँग्रेस आज ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्दै छ ।

यसै अबसरमा नेपाली काँग्रेस चाँगुनारायण नगरसमितिकाे अगुवाइमा सबै वडाकार्यलयहरुले पनि बिराेध कार्यक्रम काे अायाेजना गर्दैछ।भने चागु नारायण नगरपालिका ३नम्मर वडाकार्यलयबाट सुरु गरिने बिराेध र्यालिकाे अगुवाई राजेश शाहिले गर्नुहुने बताईयकाेछ।
उक्त बिराेध र्यालि वडा कार्यालय बाट सुरुभई वडाकाे विभिन्न ठाउ परिक्रमा गरि न्याैपानेगाउमा गई सभामा परिणत गरिने र उक्त सभालाई माननीय साम्सद प्रकाश रसाईलि ले संबाेभन गर्नुहुने जानकारि कार्यक्रम आयाेजक तथा बिराेध र्यालिकाे संयाेजक शाहिले नवलपुर टुडेलाई जानकारि दिए।

संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीत संसद विघटन गरिएको भन्दै काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचद्र पौडेलले वडा स्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपिल गरेका हुन् ।
काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।























