सुकबहादुर बाच्न चाहन्छ तर पैसा छैन, मर्नु भन्दा बिकल्प छैन


गोर्खा । पालुङ्टार नगरपालिका ९ ,साविक मिरकोट छरछरे निवासी सुक बहादुर तामाङको फोक्सो र घाँटिमा क्यान्सर भएको छ । उनको परिबारमा २ छोरा,१ छोरी र श्रीमति हुनुहुन्छ । सुक बहादुर भन्नुहुन्छ भारतमा ड्राइभर काम गर्थे त्यसबेला सानो पिलो जस्तो थियो ठिक हुन्छ होला भनेर कसैलाई भनिन पछि ठुलो हुदै गयो त्यसपछि नयाँ दिल्लीको मेडिकलमा चेक गर्दा क्यानसर भएको छ भन्ने रिपोर्ट आयो त्यसपछि जिन्दगीमा ग्रहण लाग्यो तेहि मेडिकलमा रोएर बसे तर कसैले केहि सहयोग गरेन । रुदै नेपाल फर्किए ।

कोरोनाको समय भएकाले निकै कठिनका साथ नेपाल आए । त्यसपछि भरतपुरको क्यानसर मेडिकल कलेज गए । हिजो आज हरेक २१ दिनमा १ वटा किमा राख्नु पर्ने हुन्छ । घरको आर्थिक अबस्था निकै कमजोर भएकाले उपचार गर्ने सकेको छैन ।

यदि तपाईहरुले केही सहयोग गरे म बाँच्ने छु ।उनले दुख सुनाए । पालुङ्टार नगरपालिकाका प्रमुख र वडा प्रमुखले सुक बहादुरलाई उपचारको लागि सहजीकरण प्रबन्ध गरिसकेको छ । सुक बहादुरको केही दिनमा शल्यक्रिया गर्न सके उनको जीवन बाँच्ने सम्भावना रहेकाले केही आर्थिक सहयोग गरिदिन सम्पुर्ण देशबिदेशमा रहनु भएका दाजुभाइ, दिदिबहिनीहरुलाई अनुरोध गरेको छ ।
थप जानकारीको लागि सम्पर्क
पुनम लामा (पिडितको श्रीमति) 9816684235
punam lama , Nepal SBL Bank Limited
A/c number 21815241401498
समीप अधिकारि ( सामाजिक अभियन्ता) 9845342276






















