देश

नेपाल विद्युत प्राधिकरण जुम्लाले सार्वजनिक गर्‍यो लोडसेडिङ तालिका

नवलपुर टुडे
२०७७ माघ ५ | बिहान ११:१० बजे

नवलपुर । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । हिजो आइतवार प्राधिकरणको जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।

IMG 20210118 113514 006

प्राधिकरणका अनुसार जुम्लाको टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल क्षेत्रमा रातिको १२ बजेबाट बिहान १२ः३० बजेसम्म र राति साँढे ९ बजेदेखि राति १२ बजेसम्म लोडसेडिङ हुनेछ ।

त्यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहोरा गाउँ र बसपार्क क्षेत्रमा बिहान साँढे १२ बजेदेखि राति साँढे ९ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार प्रत्येक हप्ता समूह तालिका परिवर्तन हुनेछ । त्यस्तै हरेक दिन विहान २ बजेदेखि ५ बजेसम्म र ८ बजेदेखि १० बजेसम्म र ४ बजे देखि ६ बजेसम्म पावरहाउस बन्द हुनेछ ।

त्यस्तै पिक लोडको समयमा वितरण प्रणालीमा पावर इनर्जी कम हुन गएमा ग्राहकहरुको लाइन काटिने समेत प्राधिकरणले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

कमेन्टहरु