पत्रकार माहासङ्घकाे केन्द्रीय साधारण सभा फागुनमा हुने
kushal
२०७७ माघ ५ | बिहान ०६:१० बजे

माघ ५,काठमाडाैं ।
नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।
साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ ।
देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले नवलपुर टुडे लाई जानकारी दिए ।
यस्तै जिल्ला शाखा सिन्धुपाल्चोकको साधारणसभा पनि माघ २४ गतेलाई तोकिएको आइतबार बसेको शाखाको बैठकले निर्णय गरेको छ । शनिबार पत्रकार महासङ्घको टोली हेलम्बु पुगेको हो ।























