देश

माधब-प्रचण्ड समुहले सुर्य चिन्हमा दाबि गर्ने भनेकाे आकाशकाे तारा माग्नाे सरह हाे- पुर्बमन्त्रि बस्नेत

नवलपुर टुडे
२०७७ माघ १ | मध्यान्ह ०३:१० बजे

माघ १,मोरङ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डलाई बिरालो बोक्नेको संज्ञा दिएका छन्। विराटनगरको मदन स्मृति भवनमा भएको पत्रकार सम्मेलनमा बोल्दै पुर्बमन्त्रि बस्नेतले प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद भएको बताएका छन् ।

बस्नेतले पत्रकारसँगको कुराकानीका क्रममा भने, ‘प्रचण्ड पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ ।’
६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद विघटन गरेकाले संसद पुनःस्थापना नहुने बताएका उनले भने,‘लोकतन्त्रको विकल्प आवधिक निर्वाचन नै हो।’

उक्त अवसरमा युवा संघ नेपालका नेताहरु बचन सिहं, क्षितिज थेबे, निपेन्द्र महत, निरोज पौडेल, मुकेस बुढाथोकी, सीता सुवेदी, सरिता सापकोटा, मिना श्रेष्ठ, अरुण गुरुङ्लगायतको प्रमुख र विशेष उपस्थिति रहेको थियो ।

कमेन्टहरु