सुस्तामा अनेरास्ववियु संघको सपथ ग्रहण एवं प्रशिक्षण कार्यक्रम सम्पन्न


खुरसेद हजाम
नवलपरसी । नवलपरासीको सुस्ता गाउँपालिका – ५ मा अनेरास्ववियु संघ नेपालका सपथ ग्रहण एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल अनेरास्ववियू संघ केन्दीय सदस्य कामरेड सुनीता बरालको प्रमुख आतिथ्यतामा सपथ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बरालले नेकपा एमाले पार्टीले विगतमा भारतले अतिक्रमण भूमि तथा सुस्ताबासीले भोगीरहेका समस्यालाई केन्द्रमा उठाउँदै आएको र सुस्ताबासीको हक अधिकारबारे अनेरास्ववियु तथा एमालेले लडाई लड्दै आएको बताउनुभयो ।
बिशिष्ट अतिथिको रुपमा रहेका अनेरास्ववियु केन्दीय उपाध्यक्ष याम पाण्डेले बोल्दै सुस्ताबासीको समस्या र भारतद्वारा अतिक्रमण गरिएको भूमि प्रति लडाई लड्नु पर्दा नेपाल अनेरास्ववियु संघ पछि हट्ने छैन भनी प्रतिबद्धता जनाउनु भयो ।
सो कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष बिक्रम पौडेल तथा युवा संघका सदस्य मुंसी हरिजन लगायत नवलपरसी जिल्ला अनेरास्ववियु संघका सम्पूर्ण सदस्यहरुको उपस्थिती रहेको थियो ।






















