राजनीति

कृष्णनगर नगरपालिका – १ डुमाईमा नेकपा (एमाले)टोल कमिटी गठन

नवलपुर टुडे
२०७८ चैत्र १२ | मध्यान्ह ०७:१२ बजे

कृष्णनगर, चैत्र १२ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघका कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको पहलमा १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ l

अध्यक्षमा परमात्मा पासवान, उपाध्यक्षमा चन्द्र प्रकाश तिवारी, सचिवमा अनित शर्मा, सह सचिवमा दुर्गा प्रसाद उपाध्याय, कोषाध्यक्षमा शिवचरन कहाँर, सदस्यहरूमा नवल किशोर मिश्र, राजेश मिश्र र राम भरोसे आरख लगायत १३ सदस्यीय टोल कमिटी डुमाईमा गठन गरिएको नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालले जानकारी दिनुभयो l

कमेन्टहरु