राजनीति

अगामी निर्वाचनमा एमालेले दुईतीन सिटभन्दा बढी जित्न सक्दैन : झलनाथ खनाल

नवलपुर टुडे
२०७८ चैत्र १२ | मध्यान्ह ०४:१२ बजे

काठमाडाैं, चैत १२ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेले आगामी निर्वाचनमा निकै ठुलो हार बेहोर्ने दाबी गरेका छन्।

आज काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालको बैठकलाई सम्बोधन गर्दै खनालले दुई तिहाइ नभइ त्यसको उल्टाे दुईतीन सिट जित्ने दाबी गरेका हुन्। उनले केपी ओली नेतृत्वको एमाले गुट मात्र भइरहेको तर्क गरे। उनले हाल एमालेले गर्न सक्ने सम्भावित गठबन्धनका दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भएकाले उक्त गठबन्धनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गरे। उनले पार्टीको लक्ष्य वैज्ञानिक समाजवाद नै भएको बताए।

यस्तै खनालले छोटो समयमै आफ्नो पार्टी राष्ट्रव्यापी भएको दाबी गरे। एमालेका केही नेताले दुई पार्टी सिस्टमको वकालत गरेको भन्दै नेता खनालले त्यस्तो सोच संविधानविरोधी र दक्षिणपन्थी भड्काउ भएको उल्लेख गरे। दक्षिणपन्थी भड्काउ हो ।’

सच्चा देशभक्त क्रान्तिकारीले अबको निर्वाचनमा जित्नैपर्नेमा जोड दिँदै नेता खनालले त्यस्तो हुन नसकेको अवस्थामा अन्यथा ओलीहरू जन्मिरहने र कम्युनिस्ट आन्दोलन ध्वस्त हुने बताए।

कमेन्टहरु