अखिलेश्वर पाण्डेयलाई प्रदेश सांसदमा उठाउने कपिलवस्तु राप्रपाको निर्णय

नवलपुर टुडे
२०७८ चैत्र १२ | मध्यान्ह ०१:१२ बजे

कपिलवस्तु चैत्र १२ । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ६ बुटहनीया बस्ने डा. अखिलेश्वर पाण्डेयलाई कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ क बाट प्रदेश सभा सदस्य (विधायक) मा टिकट दिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्णय गरेको छ ।
हिजो बसेको बैठकले पाण्डेयलाई प्रदेश सांसदमा उठाउने निर्णय राष्ट्रिय प्रजातंत्र पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, केन्द्रीय सदस्य पुष्पा रजौरिया, राष्ट्रिय प्रजातंत्र पार्टी लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, कपिलवस्तु उपाध्यक्ष इदरीस मुसलमान, सचिव प्रेम शंकर शुक्ला, केशव कुर्मी लगायत अन्यको हस्ताक्षरित निर्णय गरी पाण्डेयलाई टिकट दिने लगभग पक्का भएको छ ।






















