खेलकुद

सरावलकाे भुजहवामा प्रथम उपाध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताकाे उद्घाटन

नवलपुर टुडे
२०७८ चैत्र ११ | मध्यान्ह १०:१२ बजे

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका – ६ स्थित जनात मा.वि.भुजहवामा प्रथम सरावल उपाध्यक्ष कप खुला भलिबल प्रतियोगिताकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।

सरावल गाउँपालिकाकाे आर्थिक सहयाेग तथा सरावल खेलकुद संस्थाकाे सहकार्यमा प्रथम सरावल उपाध्यक्ष कप खुला भलिबल प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभयाे ।

सरावल खेलकुद संस्थाका अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवम् संविधानसभा सदस्य बिक्रम खनालकाे प्रमुख आतिथ्यतामा भलिबल प्रतियोगिताकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।IMG 20220325 220318 670

कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरी, उपाध्यक्ष उत्तमा कुमारी राय, नेपाली काङ्ग्रेस नवलपरासी जिल्लाका उपसभापति अनिल कुमार गाैड, सरावल गाउँपालिका – ६ का वडाअध्यक्ष कैलाश यादव, वडा नं ७ का वडा अध्यक्ष हैयात अलि धुनिया, समाजसेवी एवम् नेकपा एमालेका नेता सुखाडी प्रसाद चाैधरी, पत्रकार सुरेश यादव, नन्दु यादव, रामजी प्रजापति, सशस्त्र प्रहरी भुजहवाका सई जनक चाैधरी, नेपाल प्रहरी भुजहवाका सई आर.बि महताे, नेपाल गाेल्डेन आईडल सिजन ५ का उपविजेता बिजय कुमार गुप्ता लगायतको उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा स्वागत मन्तव्य जनता मा.वि.सरावल – ६ भुजहवाका प्रधानध्यापक कृष्ण कुश्वाहाले गर्नुभएको थियो भने, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शम्भु प्रसाद यादव, वडा – ६ का अध्यक्ष कैलाश यादव, वडा – ७ का अध्यक्ष हैयात अलि धुनिया, गाउँपालिका उपाध्यक्ष उत्तमा कुमारी राय, गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले आ-आफ्नो मन्तव्य राख्नुभएको थियाे भने सरावल खेलकुद संस्थाका सचिव दिपक क्षेत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियाे ।

कमेन्टहरु